धरान उत्सव सुरु

  • पुस २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  महाभारतकालीन इतिहास र किरातकालीन सभ्यता बोकेको प्रदेश १ को मुख्य पर्यटकीय तथा आवासीय सहर धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ ।

सार्वजनिक विदा घोषणा गरी धरान उत्सवलाई भव्यता दिन धरान १२ स्थित पब्लिक हाइस्कुलमा समारोह आयोजना गरेको छ । समारोह स्थलमा धरानका पहिचान बोकेका सीप, कृषि उत्पादन र सास्कृतिक परिकारका स्टल लगाइएको छ ।

uu

धरान १२ पब्लिक माविमा सञ्चालन भएको धरान उत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य अशोक राईले गरेका थिए ।

र्यालीमा पूर्वान्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको ’गो कार्ट’ मुख्य आकर्षणको रुपमा देखिएको छ ।

पुराना सामग्रीको प्रयोगबाट १ लाख रुपैयाँको लागतमा निर्माण गरिएको ’गो कार्ट’ पेट्रोल इन्जिनबाट चल्छ । प्रतिलिटर २५ किलोमिटर माइलेज दिने ’गो कार्ट’ को औसत गति ५० प्रतिकिमि रहेको विद्यार्थी निमबहादुर खत्रीले बताए ।
’हामीले गरेको अभ्यासमा अधिक्तम ६५ किमि स्पिड चल्न सक्ने देख्यौं ।’ विद्यार्थी खत्रीले भने ।

विद्युतीय ’गोकार्ट’ बनाउने उद्देश्य रहे पनि आर्थिक अभावका कारण उदेश्य पूरा नभए पनि पेट्रोलबाट चल्ने निर्माण गर्न सकेको ’गो कार्ट’ चालक मौसम विष्टले बताए ।

५० हजार रुपैयाँ इन्जिनियरिङ क्याम्पसको सहयोगमा ’गोकार्ट’ निर्माण गरिएको हो । पुरानो ’वाइबिएक्स’ मोटर साइकलको इन्जिन प्रयोग गरी निर्माण गरिएको हो ।

इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले धरानमा पहिलो पटक निर्माण गरेको ’गो कार्ट’ आगामी २६ गतेदेखि पुलचोक इन्जिनियरिङ क्याम्पसमा हुने विज्ञान प्रविधि प्रदर्शनी ’मेट्रीक्स’ स्पर्धामा सहभागिता गराउन लगिने विद्यार्थी निमबहादुर खत्रीले बताए ।

’मेट्रीक्स’ आगामी पुस २६, २७ र २८ गते पुलचोल इन्जिनियरिङ क्याम्पसमा आयोजना हुँदैछ ।

ddddd

आर्थिक सहयोगको अभावका कारणले अध्ययन अनुसन्धानमा अनुकूलता छैन, क्याम्पसले पनि आवश्यक सहयोग गरेको छैन’, विद्यार्थी खत्रीले भने, ’स्पोन्सरको खोजी गरिरहेका छौँ ।’

धरान उत्सवका अवसरमा यहाँका जातीय संघ संस्था, विद्यालय, खेलकुदका संघसंस्था र्यालीमा सहभागी छन् ।

वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।

वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ । वि.स. २०१७ सालमा धरान नगरपालिका घोषित भएको थियो ।

५ सय वर्ष पहिले बंगालका राजाले जिर्णोद्धार गरेको पिण्डेश्वर मन्दिरको अभिलेख र धार्मिक शास्त्रमा सतीदेवीको दन्त पतन भएको प्रमाणबाट धरान पुरातात्विक, पौराणिक र ऐतिहासिक पर्यटकीय महत्व बोकेको पुष्टि हुन्छ ।

हालको आधुनिक धरान सहर रहेको स्थानमा सुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाइ छ ।

धरानको स्थापना २०१७ कार्तिक ३० गते बडा हाकिम हरिप्रसाद गिरीले गरेको ईतिहास छ । प्रथम नगर प्रमुख केदारनाथ खनाल हुन् ।

प्रजातन्त्र पुनर्स्थापना भए पश्चातका निर्वाचित प्रथम मेयर ध्यानबहादुर राई र उपमेयर मनोजकुमार मेयाङवो भए । २०७१ वैशाख २५ गतेको मन्त्री परिषदको बैठकबाट छिमेकी पाँचकन्या गाविस धरानमा समायोजन भएको थियो भने, २०७१ मंसिर १६ गतेको मन्त्री परिषदको निर्णयबाट छिमेकी गाविस विष्णुपादुका समेत समायोजन भई धरान उप–महानगरपालिका भएको थियो ।

 

जबरजस्ती करणी गरी १७ ...

झापा/ झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ् ...

बुद्धिस्ट इन्टरनेशनल ...

काठमाडौं/ नेपाल पर्यटन बोर्डको आयोजना तथा संस्कृति, पर् ...

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

राष्ट्रिय युवा संघ न ...

पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved