गुणस्तरीय शिक्षामा अब्बल इस्टर्न कलेज अफ इन्जिनियरिङ

  • पुष २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर – २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ कलेजले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्राध्यापकहरुबाट पठनपाठन गरेको कारणले इस्टर्न कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हो ।

गुणस्तरीय पढाईसँगै अनुशासन यो कलेजको गहना नै रहेको छ । कलेजले स्वच्छ वातावरणमा अध्यापनसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको छ । यसैका इस्टर्न कलेज अफ इन्जिनियरिङ विद्यार्थी र अभिभावको रोजाइ बन्दै गएको छ ।

अनुसाशित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले यस कलेजमा विद्यार्थीको आकर्षण बढेको इस्टर्न कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल इन्जिनियर अमित सुरानाले बताएका छन् । विद्यार्थीले सिकेको ज्ञान अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गर्ने गरेका छन् ।

यस कलेजको भौतिक पूर्वाधार सुविधायुक्त रहेको रहेकै कारण पढाईका अलवा अतिरिक्त क्रियालाप समेत हुने गरेका छन् । फराकिलो खेलमैदान, सुविधायुक्त कक्षा कोठाहरू भएको अत्याधुनिक सुविधासम्पन्न भवन, प्रयोगशाला, लाइबे्ररी विद्यार्थीहरूको लागि उपलब्ध रहेको प्रिन्सिल सुरानाले बताए ।

समग्रमा, विद्यार्थीहरूको सर्वाेपरि विकास तथा प्रगतिका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरूको व्यवस्थापनमा कलेजले कुनै सम्झौता गरेको छैन ।

कलेजले पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत राम्रो सफलता हाँसिल गर्दै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावको मन जितेको कलेजले प्रत्येक वर्ष दक्ष जनशक्ति उत्पादन गर्ने गरेको छ । विद्यार्थीहरूको सुविधाका निम्ति फराकिला, फर्निचर तथा अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधासम्पन्न प्रयोगशालाहरू छन् । यस कलेजले विद्यार्थीहरुको सिप विकासको लागि फिल्ड एक्सपोजर र आन जब ट्रेनिङ्गको माध्यमबाट इन्टर्नसिपको व्यवस्था गरेको छ ।

जसबाट विद्यार्थीहरुले राम्रो इम्प्लोमेन्टको अवसर पाएका छन् । यस कलेजबाट उत्पादित जनशक्ति देश र विदेशको विभिन्न ठाउँमा कार्यरत रहेका छन् । यस कलेजले स्नातक तहको सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग तथा इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा विगत लामो समयदेखि दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । हालै उक्त तीनैवटा कार्यक्रममा भर्ना भइरहेको यस कलेजका प्रिन्सिपल इन्जिनियर सुरानाले बताए ।

iiiiii

सीमित कोटामा भर्ना खुल्यो

बीइ सिभिल इन्जिनियरिङ, बिइ इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा कार्यक्रम संचालनमा रहेको छ । यी कार्यक्रममा अहिले भर्ना खुलेको प्रिन्सिपल सुरनाले बताए । ‘सिमिट कोटाको लागि अहिले भर्ना खुलेको छ । भर्ना हुने विद्यार्थीहरुको लागि आवेदन फाराम अनलाइनबाट पनि लिन सकिन्छ,’ उनले भने, ‘ प्रवेश परीक्षा माघ १४ गते शनिबार रहेको छ ।’ प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थी भर्ना हुने उनले बताए ।

इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगर तथा पानीपत इन्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारतसँग विभिन्न विधामा स्तरोन्नतिको लागि हालै एमओयू गरिएको छ ।

eastan

 

एमओयूमा इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरको तफबाट प्रिन्सिपल अमित सुराना तथा पानीपत इन्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, भारको तर्फबाट डाइरेक्टर डा. शक्ति कुमारले हस्ताक्षर गरि कार्यान्वयन गरेको छ । यस कलेजले विभिन्न विधामा समय समयमा टेक्निकल सेमिनार तथा वर्कसपको आयोजना पनि गर्दै आएको छ ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved