मेलमिलापकर्ता क्षमता अभिवृद्धि तालिम

  • पुस २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विहीबारदेखि वडागत मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिसम्बन्धी तालिम सुरु गरिएकोे छ ।

तालिमको उद्घाटन महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे । सो अवसरमा बोल्दै मेयर कोइरालाले आएका उजुरीलाई महानगरमै समाधान गर्नुपने बताए । मेयर कोइरालाले विराटनगरलाई नेपालमै सबैभन्दा उत्कृष्ट न्याय सम्पादन गर्ने महानगरका रुपमा स्थापित गराउन आग्रह गरे ।

न्यायिक समितिकी संयोजक महानगरकी उपमेयर शिल्पा निराला कार्कीले महानगरले अन्यायमा परेकाहरुलाई न्याय दिलाउने बताइन् । उनले मेलमिलापकर्ताका माध्यमबाट वास्तविक अन्यायमा परेकाको पहिचान पनि हुने उल्लेख गरिन । समितिका सदस्य तीर्थेन्द्र न्यौपानेले गाउँघरमा झैझगडा भइहाले मेलमिलापकर्तामार्फत मिलाउन सकियोस् भन्ने हेतुले तालिम आयोजना गरिएको जानकारी दिए । उनले तीन चरणमा तालिम सञ्चालन हुने जानकारी दिए ।

बिहीबारदेखि ७ दिनसम्म सञ्चालन हुने तालिममा न्यायाधीश राजेश कटवाल, अधिवक्ता कला त्रिताल, राजकिरण पौडेल, सरिता अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले प्रशिक्षण दिने महानगरकी कानुन अधिकृत शारदा थपलियाले जानकारी दिइन् । पहिलो चरणमा १ देखि ६ नम्बर वडाका ६–६ जनाका दरले तालिममा सहभागी हुनेछन् ।

तालिमको दोस्रो चरणमा ७ देखि १२ र तेस्रो चरणमा १३ देखि १९ वडालाई समेटेर तालिम दिइनेछ । हरेक वडाबाट ६ जना मेलमिलापकर्तालाई सहभागी गराइनेछ । पहिलो चरणको तालिममा ३६ जना मेलमिलापकर्ता सहभागी भएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved