निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन

  • पुस २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / तीन महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा शनिवारदेखी धरानमा सुरुवात भएको छ । किरात राई यायोक्खा जिल्ला कार्यसमिती सुनसरी र एक नम्बर प्रदेश किरात राई कर्मचारी मञ्चको संयुक्त आयोजना तथा किरात राई बिद्यार्थी संघ सुनसरीको सहयोगमा धरान १० स्थित यलम्बर स्मृति सग्राहलयको सभाहलमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु भएको हो ।

लोकसेवा कक्षाको उद्घाटन सुनसरी ंं १ का प्रतिनिधीसभा सदस्य ससद अशोक कुमार राईले गरेका छन् । सो अवसरमा बोल्दै सांसद राईले राज्य सबैको भएकोले राज्यको हरेक निकायमा सबै जात जाती समुदायको सहभागिता रहनु पर्ने बताए ! उनले निजामती सेवालाई राज्यको स्थायी सरकारको रुपमा लिने गरिएको बताउदै लक्ष्य प्राप्तिका लागि कतिबद्ध भएर लाग्न प्रशिक्षार्थीहरुलाई सुझाब दिए ।

यायोक्खाको प्रशसनिय कार्य अन्य समुदायले पनि सिको गर्दै लानुपर्नेमा ससद राईको जोड थियो । आयोगको तयारी कक्षामा प्रदेश न १ को १० जिल्लाबाट राई समुदायका १ सय ४० जनाको सहभागिता रहेको किराया जिल्ला कार्यसमिती सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।

उनका अनुसार राई जातिको चाम्लिङ, बान्तावा, खालिङ, दुमी, पुमा लगायतका १७ भाषिक समुदायको सहभागिता रहेको छ ।

तीन महिनासम्म सञ्चालन हुने लोकसेवा आयोग तयारी कक्षामा सहभागीहरुलाई महालेखापरीक्षक कार्यालयका निर्देशक योग्य प्रसाद राई, राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक तिर्थ राज राई, उदयपुरको कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहित १२ जनाले प्रशिक्षण गराउने किराया जिल्ला कार्यसमिती सुनसरीका सचिव नबिन राईले जानकारी दिए ! कार्यक्रममा सँघीय साँसद सुशिला श्रेष्ठ, पुर्व सिडिओ प्रेम वान्तावा राई, यायोक्खा केन्द्रीय उपाध्यक्ष दोर्प ध्वज राई, किराया कर्मचारी मञ्चका प्रदेश तथा विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved