कर्मचारी कल्याण समाजको अध्यक्षमा महिलाको ‘इन्ट्री’

  • पुष २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान \ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा पहिलो पटक महिला उमेद्वार विजयी बनेकी छन् ।
मंसिर २३ शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्षकी उमेद्वार कविता ढकालले ६ जना प्रतिष्पर्धीलाई उछिन्दै जित हात पारेकी हुन् ।

ढकालले ३६६ मत ल्याएर विजयी बनेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी किशोरप्रसाद पोख्रेलले ३१७ मत ल्याएका छन् । यस्तै अन्य अध्यक्षका प्रत्यासीहरुमा महेश्वर राईले १६३ , मदनकुमार हलुवाईले १९, भुपध्वज बुढाथाकीले ९८ , किरण भट्टराईले ११ र सञ्जीव कुमार कर्णले १९५ मत ल्याएका छन् ।
२०७२ सालको प्रतिष्ठानको सिनेट (सञ्चालक परिषद्) बाट तीनवटा संस्थालाई आधिकारिता दिइएको थियो । यसमध्ये दुईवटाको निर्वाचन सम्पन्न भइसकेको छ । कर्मचारी कल्याण समाजको भने भर्खर निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचन जित हात पार्दै ढकालले कर्मचारीका समस्याका विषयमा केन्द्रित रहेर काम गर्ने बताइन् । उनले कर्मचारीको बढुवा, तलब भत्ता, कर्मचारीको वृत्ति विकास लगायतमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता जनाइन् ।

यसैगरि, सम्पन्न निर्वाचनबाट समाजको बरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेतले ५८८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी पुर्णबहादुर श्रेष्ठले २६८ मत ल्याएका थिए । अन्य बरिष्ठ उपाध्यक्षमा बालकृष्ण मेहताले २१६, दिलीप कुमार परियारले ६९ मत ल्याएका छन् । यसैंगरि महिला बरिष्ठ उपाध्यक्षमा धन कुमारी घिसिङ ७०७ मत ल्याएर बिजयी बनेकी छन् । घिसिङले निकटतम प्रतिद्वन्द्वी सीता कुमारी हुमागाईले ४८६ मत ल्याएकी थिइन् ।

यस्तै प्रशासनिक उपाध्यक्षतर्फ श्याम सुन्दर मेहताले ३४१ मत पाएर विजयी भएका छन् भने अन्य उम्मेद्वार केदार बहादुर सिंजालीले २९०, सोमनाथ रिजालले २२९ र भरत लाल चौधरीले २८१ मत मत ल्याएका छन् ।

उपाध्यक्ष नर्सिङतर्फ सफला बुढाथोकी निर्विरोध निर्वाचित भएकी छन् । यस्तै पारामेडिक्स उपाध्यक्षमा उक्त कुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा मुकेश कुमार शाह तथा कोषाध्यक्षमा अजय कुमार शाह विजयी भएका छन्् । सदस्य प्रशासनिक कर्मचारीमा तीन जना, सदस्य नर्सिङमा ३ जना, सदस्य पारामेडिक्स ३ जना त्यस्तै खुल्ला सदस्यतर्फ ६ जना बिजयी भएका छन् । प्रतिष्ठानमा तीन फ्याकल्टी प्रशासनिक, नर्सिङ र पारामेडिसिनका जम्मा १ हजार ३ सय २६ जनाले मतदान गरेका थिए ।

वैधानिकता प्राप्तपछिको पहिलो निर्वाचन पश्चात प्रतिष्ठानका हरेक गतिविधिमा सहकार्य गरेर अगाडि बढ्न सहयोग पुग्ने प्रतिष्ठानका पदाधिकारीहरु बताउँछन् । रजिष्ट्रार सूर्यप्रसाद संग्रौलाले प्रतिष्ठानका हरेक गतिविधिमा सहकार्य गरेर अगाडि बढ्ने् बताए ।

कर्मचारी कल्याण समाजको निर्वाचन सम्पन्न भएसँगै प्रतिष्ठानले पूर्णता पाएको छ । विगतमा प्रतिष्ठानमा भएको आर्थिक अनियमितता, अस्थिरता लगायतका कुराहरु कम भएर जाने प्रतिष्ठानका कर्मचारी, विद्यार्थी, चिकित्सक, शिक्षक सबैले अपेक्षा राखेका छन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved