व्यापार प्रवर्धनमा कुटनीतिक प्रयास गर्न आवश्यक

  • पुष २४, २०७९
  • काेशीपत्र सम्पादक
alt

सरकारी उदासीनता र बेवास्ताका कारण देशका धेरै क्षेत्र पछाडि परिरहेको छ । कृषि पनि यस्तै क्षेत्र हो । प्रदेश १ मा ठूलो परिमाणमा सुन्तला उत्पादन हुने गर्छ तर नेपाल सरकारको उदासीनताका कारण नेपाली उत्पादन सुन्तला भारतीय बजारमा निर्यात गर्न नसकिएको समाचार प्रकाशमा आएको छ । यो चिन्ताको विषय हो । नेपाल–भारत व्यापार सम्झौताअन्तर्गत नेपालबाट निर्यात हुने वस्तुमा सुन्तला सूचीकृत छैन । त्यसकारण नोपली सुन्तला भारतीय बजारमा पुग्न पाएको छैन । नेपाल–भारत व्यापार सम्झौतामा नेपालबाट भारततर्फ निर्यात हुने वस्तुमा सुन्तला सूचीकृत नभएसम्म नेपाली सुन्तला भारततर्पm लैजान पाइने छैन ।

नेपालको पूर्वी पहाडी क्षेत्रमा बर्सेनि ठूलो परिमाणमा सुन्तलाको उत्पादन हुने गर्छ । गुणस्तरको दृष्टिले समेत यहाँका सुन्तला उच्चस्तरका भए पनि निर्यात हुन नसक्दा किसानहरूले उचित मूल्य पाउन सकेका छैनन् । हुन त नेपाली सुन्तलाका लागि बजारको अभाव छैन । यहाँका सुन्तलाको माग आन्तरिक बजारमै उच्च छ तर भारतीय बजारमा निर्यात हुन सके किसानहरूले उच्च मूल्य पाउने थिए र यसले गर्दा थप उत्पादन गर्न उनीहरूले हौसला पाउने थिए ।

भारतीय सीमावर्ती बजारहरूमा पनि नेपाली सुन्तला लैजान भन्सारले कडाइका साथ रोक लगाउने गरेको छ । विराटनगर र काँकडभिट्टा भन्सारले थोरै परिमाणमा लगिने सुन्तलामा पनि कडाइ गर्ने गरेका छन् । स्थानिय खुद्रा पसलेले भण्टाबारी नाकाबाट लुकीचोरी लैजाने गरे तापनि व्यापारिक रूपमा सुन्तला भारतीय बजारमा पुग्दैन । यसका लागि नेपाल सरकारले कुटनीतिक पहल गर्नु आवश्यक छ । सुन्तला निर्यात हुन सके यहाँ सुन्तला खेती थप प्रोत्साहित हुने थियो । यसो भएमा किसानहरूले निर्यातमुखी सुन्तला खेती गर्ने थिए । यसले कृषिमा ठूलो परिवर्तन ल्याउने सम्भावना भएको विज्ञहरूको बुझाइ छ ।

यसअघि बन्दाकोबीको अवस्था पनि यस्तै थियो । पूर्वी पहाडमा ठूलो परिमाणमा उत्पादन भए पनि निर्यात नहुँदा बन्दाकोपी किसानका बारीमै कुहिने अवस्था थियो । व्यवसायी, उद्योग वाणिज्य सङ्घ र कृषकहरूको प्रयासबाट भारतीय भन्सारमा सूचीकृत गराइएपछि बन्दाकोपी निर्यात हुन थालेको हो । यसै गरी सुन्तलालाई पनि भारतीय बजारमा निर्यात हुन पाउने वस्तुहरूमा सूचीकृत गर्न पहल गरिनुपर्छ । यसो हुन सके किसानहरूले आप्mना उत्पादनको उचित मूल्य पाउने थिए । यस विषयमा नेपाल सरकारसँगै किसान र व्यवसायीहरूले पनि चासो देखाउनुपर्छ ।

एक दशकअघि पूmलबारी नाका हुँदै नेपाली सुन्तला बाङ्लादेश निर्यात हुने गरेको थियो तर सो नाकाको प्रयोगमा भारतीय भन्सारले दुःख दिन थालेपछि व्यवसायीहरू निरुत्साहित भएर सुन्तला निर्यात रोकिएको हो । नेपालको हितमा भारतीय व्यवहार कतै पनि अनुकूल देखिँदैन । भुटानी शरणार्थीको घरफिर्तीको सन्दर्भ होस् वा अन्य सन्दर्भ, जहाँ पनि भारतीय पक्षको व्यवहार नेपालको प्रतिकूल हुने गरेको छ । यसलाई नेपालको अनुकूल बनाउन नेपालको तर्पmबाट कुटनीतिक पहलमा कमी गर्नु हुन्न ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved