कोरोना संक्रमण भारतमा तीव्र, नेपालमा उच्च सतर्कता र पूर्वतयारी सुरु

  • जेठ २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि नेपाल सरकारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउँदै सघन पूर्वतयारी अघि बढाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा देखिएको तीव्र संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गर्दै विगत दुई सातादेखि मन्त्रालयले तयारीका कामलाई प्राथमिकताका साथ अगाडि बढाएको हो।

“छिमेकी भारतमा संक्रमण बढेपछि १५ दिनभित्र त्यसको असर नेपालमा देखिने विगतका अनुभव छन्,” प्रवक्ता डा. बुढाथोकीले भने, “त्यसैले हामी पहिल्यैदेखि तयारीमा जुटेका छौं।”

१७ स्थल नाका र ३ अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क तयारी अवस्थामा

भारतसँग जोडिएका १७ स्थल नाका र ३ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा छन्। नाकाबाट नेपाल प्रवेश गर्ने सबैको आरडीटी परीक्षण भइरहेको छ।

परीक्षणको नतिजा जे भए पनि सबैलाई एक सातासम्म होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ। कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएमा नागरिकलाई तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

९० हजारसम्म संक्रमितको सम्भावित उपचार क्षमता तयार

प्रवक्ता डा. बुढाथोकीका अनुसार संक्रमण फैलन थालेमा नेपालका स्वास्थ्य संरचनाले ९० हजारदेखि एक लाखसम्मको सम्भावित संक्रमितलाई सेवा दिन सक्ने गरी तयारी मिलाइएको छ।

देशभर ६ सयभन्दा बढी प्रयोगशालाको रिपोर्टलाई केन्द्र र प्रदेश स्तरबाट नियमित अनुगमन तथा विश्लेषण गरिने छ। सातै प्रदेशका हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (HEOC) हरू पूर्ण रूपमा सक्रिय गरिएका छन्।

नागरिकलाई सावधानी अपनाउन आग्रह

स्वास्थ्य मन्त्रालयले कोभिड जस्ता लक्षण देखिएमा आइसोलेसनमा बस्न, घरभित्र र बाहिर आवश्यक सतर्कता अपनाउन तथा स्वास्थ्य निर्देशिका पालन गर्न नागरिकहरूलाई आग्रह गरेको छ।

संक्रमणको जोखिम न्यूनीकरणका लागि स्वास्थ्यमन्त्रीदेखि नाका हेल्थ डेस्कसम्मको संयन्त्र सतर्क अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved