बजेट अभावले खोटाङको यलम्बर पार्क उद्घाटन एक महिनादेखि अलपत्र

  • जेठ २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्णकदको भव्य प्रतिमासहितको 'यलम्बर पार्क' खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपास्थित पञ्चदोबाटोमा निर्माण सम्पन्न भएको छ। करिब १४ करोड रुपैयाँ लागतमा कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा बनाइएको यो पार्क उद्घाटन नहुँदा एक महिनादेखि बन्द अवस्थामा छ।

३० रोपनी सरकारी जमिनमा फैलिएको पार्कमा ‘फाइबर प्रविधि’बाट यलम्बरको विशाल प्रतिमा राखिएको छ। यलम्बरको यो प्रतिमा हालसम्मकै विश्वकै अग्लो भएको दाबी नगरपालिकाले गरेको छ।

पार्कभित्र विश्राम स्थल, निःशुल्क वाइफाइ, कफी तथा फास्टफुड सेवा, घुमफिर क्षेत्र जस्ता पर्यटकीय पूर्वाधार तयार छन्। निर्माण कार्य ‘उमा–तुवाचुङ–अनसुवी जेभी’ कम्पनीले गरेको हो।

उद्घाटनको तयारी रोकियो

ठेकेदार कम्पनीका प्रबन्धक सुनिल राईका अनुसार नगरपालिकाले करिब तीन करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। यही जेठ १७ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा उद्घाटन गर्ने भनिए पनि बजेट नपुगेपछि कार्यक्रम रोकिएको हो।

नगरप्रमुख तीर्थराज भट्टराईले प्रदेश सरकारबाट झन्डै ३ करोड ९० लाख रुपैयाँ नआएको बताउँदै, चालु आर्थिक वर्षमै रकम आउन कठिन देखिएको बताएका छन्। उनले बजेट प्राप्त हुनेबित्तिकै ठेकेदारलाई भुक्तानी गरी पार्क सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएका 

नगर उपप्रमुख विषण राईका अनुसार, किरात समुदायको ऐतिहासिक पहिचान जोगाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो पार्क निर्माण गरिएको हो। पार्कबाट हुने आम्दानीको ६० प्रतिशत नगरपालिकाले र ४० प्रतिशत प्रदेश सरकारले पाउन सहमति भएको छ।

देशैभर सुनचाँदी व्यव ...

धरान । दैनिक अर्बौको काराबार गर्ने सुनचाँदी व्यवसाय पसल ...

व्रिज इन्टरनेशनल कन् ...

धरान/ व्रिज इन्टरनेशनल कन्सलटेन्सि, धरान–९ पुतली ...

धरानमा ब्राउन सुगरसह ...

धरान/मिति २०८२ जेठ २९ गते (आज)(१२:१० बजे) धरान उपमहानगर ...

कृषकलाई मेसिनदेखि मल ...

झापा/ भद्रपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै आधु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved