मल भ्रष्टाचार मुद्दामा फरार खगेन्द्र बस्नेत घरैबाट पक्राउ

  • जेठ २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भई फरार रहेका खगेन्द्र बस्नेतलाई प्रहरीले  पक्राउ गरेको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, विराटनगरस्थित गोदाममा मौज्दात रासायनिक मल हिनामिनामा संलग्न रहेको आरोपमा विशेष अदालत काठमाडौंले लागत नम्बर ०७६–CR–०१४९ अनुसार २०७९ साल भदौ २८ गते बस्नेतलाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद र ९ लाख २८ हजार ६ सय ७५ रुपैयाँ जरिवाना तोकेको थियो।

फैसला पश्चात् फरार रहेका बस्नेतलाई खोजतलासको क्रममा २०७९ जेठ २५ गते बिहान ७:३० बजे इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा खटिएको टोलीले उनको स्थायी ठेगाना रामधुनी नगरपालिका–७, सुनसरी स्थित घरबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार, पक्राउ परेका बस्नेतलाई सम्मानित जिल्ला अदालत सुनसरीमा उपस्थित गराउने प्रक्रिया अघि बढाइएको छ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved