पेन्सन वितरण कार्यालयद्वारा रक्तदान

  • पुष २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरानस्थित पेन्सन वितरण कार्यालयले शनिवार आफ्नै हाताभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

1673144129002

भारतीय राजदूतावास अन्तर्गतको पेन्सन वितरण कार्यालयले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चुलिदै गएको रगत अभावको परिपूर्ति गरी थोरै भएपनि विरामीलाई सहज होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

1673144129015-(1)

रक्तदान कार्यक्रममा २ सय ८३ पिन्ट रगत संकलन भएको पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले बताए । उनले भने–‘हामीले मानवीय सेवा अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरेका हौ, भारतको आजादीको अमृत महोत्सव अन्तर्गतकै कार्यक्रम यो कार्यक्रम हो, भारत स्वतन्त्र भएको ७५ औं बर्ष पुगेको अवसरमा २०२३ सम्म आजादीका अमृत महोत्सव मनाउदै आएका हौं ।’

रक्तदान कार्यक्रममा सहभागी हुन प्रदेश १ का भूतपूर्व भारतीय सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाहरुको सहभागिता रहकेो थियो ।

1673144129009-(1)

नेपाल रेडक्रस सोसाइटी सुनसरीको संयोकत्वमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा रेडक्रस सुनसरीका सभापति उमेश थापा, प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख प्रा.डा विक्रमप्रसाद श्रेष्ठ लगायत प्रतिष्ठानका चिकित्सक, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख श्यामकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

गत बर्ष पनि पेन्सन वितरण कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा २ सय २ पिन्ट रगत संकलन भएको थियो ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved