स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा

  • पुष २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt तस्बिर : फणीन्द्र तिम्सिना

धरान / जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकललाई नियन्त्रण गर्न थालेको छ ।

कार्यालयले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकलले ध्वनी प्रदुषण गरेको भन्दै जनगुनासो आएपछि नियन्त्रण शुरु गरेको हो ।

प्रयास थालेयता कार्यालयले १ सय भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिई त्यसमा प्रयोग गर्ने साइलेन्सर पाइप परिवर्तन गर्न लगाएको छ । कम्पनीले निर्माण गरेको साइलेन्सर पाइपलाई परिवर्तन गरी बढी आवाज दिने साइलेन्सर पाइप प्रयोगमा बृद्धि हुँदा अस्पताल, विद्यालय एरिया लगायतमा असर पुगेको गुनासो आएपछि नियन्त्रण शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए ।    

tt 1

 

उनले भने–‘यस विषयमा धेरै जनगुनासो आयो, राति सुतिरहेको अवस्थामा ठूलो आवाजबाट मोटरसाइकल कुद्दा निन्द्रा खल्बिलिने, बाइक कुदाउनेलाई रमाइलो लागे पनि सुतेको मान्छेलाई डिस्ट्रव हुने, घरमा रहेका विरामी, ज्येष्ठ नागरिक लगायत अस्पताल तथा विद्यालय आसपासमा ध्वनी प्रदुषणले समस्या आएको हो ।’उनले भने ‘हामीकहाँ जनगुनासो आएपछि हामीले स्वरुप परिवर्तन गरेर चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिन थालेका हौं ।’

स्वरुप परिवर्तन मोटरसाइकल नियन्त्रण गर्न अभियान नै अगाडि बढाइएको बताए । उनले धरानमा मात्र नभएर सुनसरी जिल्लाभरि नै यो अभियान चलाएको बताए । उनले भने–‘यातायात व्यवस्था ऐनले पनि स्वरुप परिवर्तन गरे वापत जरिवाना तोकेको छ, स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकललाई ५ हजारसम्म जरिवाना लिन सक्ने प्रावधान छ, तर त्यो नगरेर हामीले पहिलो चरणमा जति पनि मोडिफाइ गरेका मोटरसाइकल छन्, नियन्त्रणमा लिएर चेन्ज गर्न लगाउने गरेका छौ ।’

t

तस्बिर : फणीन्द्र तिम्सिना

क्तिपय मोटरसाइकलको भने लुकिङ ग्लास समेत परिवर्तन गरेको अवस्था रहेको उनले बताए । उनले पहिलो चरण अन्तर्गत चेन्ज गरेका साइलेन्सर पाइपलाई निकालेर कार्यालयमै राख्ने र पहिलाकै कम्पनीको साइलेन्सर प्रयोग गर्न लगाउने गरिएको बताए । उनले भने–‘हामीले पहिलो पटक चेतावनी स्वरुप साइलेन्सर पाइप फेर्न लगाएर पठाउँछौ, पुन: दोहोरिएको खण्डमा ऐन अनुसार कारबाही अगाडि बढाउँछौं ।’

प्रहरी निरिक्षक बस्नेतले फेरिएको साइलेन्सर पाइप ट्राफिक प्रहरी कार्यालयमा राख्ने र ती मोटरसाइकलको अभिलेख राख्ने काम गरेको बताए । उनले भने–‘हामीले मोटरसाइकलको अभिलेख राखेका हुन्छौं, पुन : उही प्रक्रिया दोहोरिएको खण्डमा साइलेन्सर पाइप पनि झिकेर राख्छौं, कानुनी प्रावधान अनुसार कारबाही पनि अगाडि बढाउँछौं ।’

उनले यस्तो कार्यले ध्वनी प्रदूषणमा समस्या आउनृृे बताउदै नियन्त्रणमा नलिएका र स्वरुप परिवर्तन गरेर कुदाउदै गरेकाहरुलाई कम्पनीकै साइलेन्सर पाइप प्रयोग गर्न सुझाव दिएका छन् । पल्सर, एमाहाको इन्टाइसर, केटिएम बाइक, सुजुकी बाइक, लगायतका बाइकमा स्वरुप परिवर्तन गरी चलाउने गरिएको छ ।

विशेष गरेर युवा पुस्ताले मोडिफाइ गरेर चलाउने प्रचलन छ । नियन्त्रणमा लिइएका स्वरुप परिवर्तन गरेर चलाइएका मोटर साइकल चालकहरुले भने मोडिफाइ गरेर चलाउँदाको मजा नै अर्को हुने गरेकाले कम्पनीको साइलेन्सर पाइप हटाएर अर्को साइलेन्सर पाइप प्रयोग गरेर चलाउने गरेको बताएका छन् ।

उनीहरुले जरिवानाको भागी हुनुभन्दा अब मोडिफाइ गरेर नचलाउने र चलाएकाहरुलाई पनि सम्झाउने बताएका थिए । उनीहरुले यो अभियानलाई निरन्तता दिँदै पूर्ण रुपमा रोक लगाउनुपर्ने समेत बताएका थिए ।

 

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved