पर्यटकीय स्थलमै खानेपानीको अभाव " खानेपानी जोहोमा सर्वसाधारणको दिन बित्ने गर्छ"

  • पुस २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिकालाई स्थानीय, प्रदेश र संघले समेत पर्यटकीय स्थलको रुपमा लिने गरेको छ । अँग्रेजी महिनालाई लक्षित गरी भर्खरै सम्पन्न भएको भेडेटार खाना महोत्सव बढी भन्दा बढी पर्यटक भित्र्याउने र साँगुरीगढीलाई पर्यटकीय स्थल बनाउने उद्देश्यका साथ सम्पन्न भएको छ । तर यस्ता उद्देश्यलाई सामान्य भन्दा सामान्य कुराले समेत प्रभाव पार्ने गर्छ ।

सुनसरीको धरानजस्तै साँगुरीगढीलाई पनि पर्यटन प्रवद्र्धनको विकासमा खानेपानी समस्याले बाधा पु¥याउने निश्चित देखिएको छ ।पानी अभावकै कारण साँगुरीगढी गाउँपालिकाको गोलखाडी, आस्कोटमा खानेपानीको चरम समस्या छ ।

खानेपानी समस्याकै कारण उनीहरुको दिनचर्या नै कठिन बन्ने गरेको छ । सधै सुख्खा मौसममा पानीको अभावमा तड्पिने यहाँका सर्वसाधारण यस बर्ष भने अहिलेदेखि नै खानेपानी आउन छाडेपछि खानेपानीको जोहोमा उनीहरु लागिसकेका छन्

साँगुरीगढी गाउँपालिका–७ को आस्कोटकी अनिता राई खानेपानी जोहोकै लागि प्रत्येक बिहान ३ बजे उठ्छिन् । उठेर नित्य कर्म सकिसकेपछि उनको पहिलो काम भनेको हतारहतार पानीको कुवामा पुग्ने हो । जति छिटो त्यहाँ पुग्यो त्यति छिटो पालो आउने भएकोले अरुतिर ध्यान केन्द्रित नगरी उनी पहिला धारामा पुग्छिन् । राई भन्छिन्–‘बेलुका सुत्दादेखि नै विहान छिटो उठ्नुपर्छ भन्ने मनमा परेको हुन्छ, जतिछिटो उठ्यो त्यतिछिटो पानी थाप्ने पालो आउँछ, त्यही भएर तीन बजे विहान त जसरी पनि उठिन्छ ।’

उनको घरदेखि पानी थाप्ने ठाउँ डेढ घण्टाको दूरी छ । पैदलै हिडेर उनी डेढ घण्टाको बाटो घैला बोकेर पुग्ने गर्छिन् । उनी भन्छिन्–‘पहिला पहिला छ खडेरी सुरु हुँदा मात्र यस्तो समस्या आउँथ्यो, यसपालि त अहिलेदेखि नै मुहान सुकिसकेो छ, पानी खान पनि समस्या हुने गरेको छ ।’

यो समस्या अहिलेको भने हैन साँगुरीगढी गाउँपालिकाको आस्कोट र गोलखाडीमा खानेपानीको समस्या वर्षौदेखि छ । खानेपानी त पाउन मुस्किल भएको स्थानमा आफूले चाहेको कृषि जन्य सामाग्री समेत उनीहरु राम्ररी उत्पादन गर्न सक्दैनन् । पानीकै समस्याका कारण उर्वरभूमि भए पनि यस क्षेत्रका भूमिहरुमा सर्वसाधारणले खेति नै लगाउन पाउदैनन् ।

खानेपानी जोहोकै लागि कम्तिमा तीन घण्टा समय निमाल्नुपर्ने अवस्था आएको राइको भनाई छ । उनी भन्छिन्–‘खानेपानीलाई धेरै समय निकाल्नुपर्छ, घरको काम र अरु काम त एकजनाले गर्नै पाइदैन ।’ उनले खानेपानी अभावकै कारण सबै काम बिग्रिएको बताइन् । खानेपानी नहुँदा खेतिमात्र हैन करेसाबारी समेत बाझो हुने गरेको गुनासो पोखिन् ।

उनीमात्र हैन गोलखाडी र आस्कोटका करिब २ सय ५० घरधुरीको यही समस्या रहेको छ । खानेपानी समस्यकै कारण उनीहरुको जीवन कष्टकर बनेको छ । खानेपानी समस्या समाधानमा कसैले चासो नदेखाएको स्थानीयहरुको गुनासो छ । स्थानीय सन्तमान राईले आफूले थाहा पाएदेखि नै गाउँमा खानेपानीको समस्या भएको बताए ।

उनले भने–‘मैले जहिलेदेखि थाहा पाए यो गाउँमा खानेपानीको चरम समस्या छ, तर समाधानको लागि सम्बन्धित पक्षको ध्यान गएकै छैन ।’
बर्षेनी समस्या हुने खानेपानीका कारण बसाई सराई गरेर हिड्नुपर्ने बाध्यता आएको सुनाए । उनले भने–‘खानेपानी जोहो गर्न समस्या छ, मानिसलाई चाहिने अत्यावश्यक खानेपानी नै पाउन मुस्किल छ ।
सागुरीगढी ७ गोलखाडीका थामबहादुर राईले गाउँमा भएको धारामा ७ दिनमा एक दिन पानी आउने बताए । उनले भने–‘बल्ल तल्ल ७ दिनमा एक दिन धारानमा पानी आउँछ, बाँकी दिन घण्टौ हिडेर गएर खोलाबाट बोकेर ल्याएर खानुपर्ने अवस्था छ ।’

यस विषयमा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पहाडी क्षेत्र भएकै कारण खानेपानी समस्या समाधान गर्न कठिनाई भएको बताए । उनले भने–‘पहाडी भुगोलका कारण त्यस क्षेत्रमा पानीको अभाव हुँदै गएको छ, यसको समाधानमा गाउँपालिका गम्भीर भएर लागेको छ ।’ उनले खानेपानी डिभिजनले विगतमा सुरु गरेको लिफ्ट आयोजनालाई तत्काल सम्पन्न गर्न गाउँपालिकाले दबाब दिइरहेको बताए ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved