अव्यवस्थित तार हटाउँदै महानगर

  • पुस २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / सहरका बीच भागमा अव्यवस्थित रुपमा छरिएर रहेका तारहरुलाई विराटनगर महानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ ।
महानगरले पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको हो ।

सोमबार विराटनगरमा केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार काट्ने उपमहानगरपालिकाले जनाएको छ । विराटनगरको सौन्दयर्तामा ह्रास आएको भन्दै महानगरले यस्तो निर्णय गरेको हो ।

गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो । तर पनि निर्देशक कार्यान्वयन नभएपछि महानगरले पुन ः दोस्रो पटक केवल तथा नेट व्यवसायीहरुलाई छलफलमा बोलाएर हटाउने निर्णय गरेको हो ।

बैठकमा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थिति रहेको थियो । बैठकले केवल तथा नेट व्यवसायीहरु आफैंले तारको व्यवस्थापन गर्नुपर्ने जनाइएको छ । व्यवसायीहरुले व्यवस्थापन नगरे तार महानगरले काटेर हटाउने जनाइएको छ ।

तार व्यवस्थापनका लागि सहजीकरण गर्न महानगरले इन्जिनियर अनिल सिंहलाई जिम्मेवारी तोकेको छ । बैठकमा नेपाल टेलिकम, म्याक्स, सुविसु, वल्र्डलिंकलगायत विभिन्न कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved