पर्यटकीय क्षेत्रमा फोहोरको डङ्गुर "कहिल्यै सुध्रिएन नियति"

  • पुस २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरान उपमहानगरपालका वडा नं. १४ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा धरान उपमहानगरपालिकाले गुरुयोजना बनाएर अगाडि सारेको छ । यहाँ रहेका मठ मन्दिरको संरक्षण, सरसफाई, पर्यटक आउने वातावरण सिर्जना गर्ने लगायतका कुराहरु यसभित्र पर्छन् ।

पर्यटकलाई सहजताका लागि धरान १४ को वडा कार्यालय छेउमा सूचना केन्द्र समेत बनेको छ । तर मन्दिर आसपासमा रहेका फोहोर भने हत्तपत्त उठ्दैन ।
जसले गर्दा धार्मिक पर्यटकीय क्षेत्रमा आएका धार्मिक पर्यटकहरु नाक थुनेर हिड्ने गरेका छन् ।

विजयपुरमा नेपाल लगायत भारतसम्मका धार्मिक पर्यटक आउने गर्छन् । उनीहरु यहाँ आउँदा विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या, पाथीभरा मन्दिर लगायतको दर्शन गर्ने गर्छन् ।

तर उनीहरुको दर्शनको सुरुवात पिण्डेश्वर मन्दिरबाट हुन्छ । मन्दिर प्रवेश गर्न नपाउँदै मन्दिर छेउमै फोहोरको दुर्घन्ध देख्छन्, त्यहीबाट उनीहरु नाक थुनेर हिड्छन् । पहिलो प्रवेशमै यस्तो अवस्था आएपछि धार्मिक पर्यटकीय क्षेत्रमा आएका भक्तजनहरुको नजर नै बेग्लै बनेर जान्छ ।

सिलगुढीबाट परिवारसहित आएका नविन तामाङले धरानको विजयपुर साँच्चिकै सुन्दर भएपनि फोहोर व्यवस्थापनमा स्थानीय सरकार चुकेको आफूले पाएको बताए । उनले भने–‘विजयपुर साँच्चैकै सुन्दर छ, यहाँका मठ मन्दिरमा दर्शन गर्न पाउँदा मन प्रफुल्ल हुन्छ, तर प्रवेश गर्नेवित्तिकै देखिएको फोहोरको डंगुरले भक्तजनले नाक खुम्च्याउनुपर्ने अवस्था आउँछ ।’

उनीमात्र हैन त्यहाँ आउने सबैको भनाई लगभग उस्तै उस्तै रहेको छ । विराटनगरबाट विजयपुरका मन्दिरहरुमा दर्शन गर्न आएका पंकज साहको भनाई पनि तामाङकै जस्तो छ । उनले पिण्डेश्वर मन्दिर आसपासमा फालिएको फोहोरले दुर्गन्धित बनाएको सुनाउँछन् । उनले भने–‘यो फोहोर थुपार्ने ठाउँ नै बनाएको होला, तर फाले पनि यसलाई व्यवस्थापन गरिहाल्नुपर्ने हो ।’

यो ठाउँ सर्वसाधारणको फोहोर व्यवस्थापन गर्ने ठाउँको रुपमा परिणत भएको छ । यहाँ फालेको फोहोर धरान उपमहानगरपालिकाको फोहोर बोक्ने गाडीले लाने गरेको छ । तर हप्तामा एक दिन लाने गरेको छ । कहिलेकाहीँ त हप्तामा समेत सवारी साधन नआउने गरेको स्थानीयहरुको भनाई छ ।

एक त फोहोर सबैले फोहोर फाल्ने ठाउँ बन्नु अर्कोतर्फ समयमै फोहोेर व्यवस्थापन नहुँदा यो समस्या आएको हो ।

पिण्डेश्वर मन्दिरमा आउने भक्तजनहरुले फालेको फोहोर र स्थानीयले पनि त्यही ठाउँमा फोहोर फाल्ने गरेकाले पनि समस्या चुलिएको स्थानीयको भनाई छ । धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्षले केही समय अगाडि यहाँको फोहोर व्यवस्थापन गर्ने बताए पनि व्यवस्थापन हुन सकेको छैन ।

पिण्डेश्वर मन्दिरको विकास गर्न पिण्डेश्वर बाबाधाम समिति समेत सक्रिय .छ, तर नजिकै रहेको फोहोर समितिले समेत देख्न सकेको छैन । फोहार व्यवस्थापनमा समितिले समेत पहल गरेको देखिदैन ।

 

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved