गल्फ प्रतियोगिता निरन्तरताका लागि सम्झौता

  • पुस २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / आगामी पौषको अन्तिम सातामा हुन लागेको खुकुरी एमेन्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न टाइटल प्रायोजकले ११ लाख दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

सोमबार खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच सो सम्झौता भएको हो ।

khukri-logo

धरान गल्फ क्लबको कार्यालयमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा खुकुरी रम उत्पादक प्रालिर्ले क्लबलाई एक वर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले जानकारी दिए ।

 यो सम्झौता एक वर्षको लागि भएकोले प्रालिले उक्त रकम आगामी वर्षको प्रतियोगिताको लागि उपलब्ध गराउनेछ ।
खुकुरी रम एमेच्योर ओपन गल्फको पहिलो सँस्करण शुक्रबार र शनिबार सम्पन्न भइसकेको छ ।

पहिलो सँस्करण सम्पन्न भएसँगै कम्पनीले प्रतियोगितालाई निरन्तरता दिने जनाएको हो । ब्राण्ड मेनेजर प्रधानले भने–‘हामीले प्रतियागिताको लागि एक वर्षको सम्झौता गरेका छौैं । प्रतियोगितालाई निरन्ता दिन प्रत्येक वर्ष सम्झौतामा नवीकरण गर्छौ ।’

क्लबका सचिव भरत तामाङले खुकुरी रमले मुख्य प्रायोजन गरेको यो प्रतियोगिताले निरन्तता पाउनेमा आफूहरु आशावादी रहेको बताए । उनले भने–‘सम्झौता अनुरुप पहिलो सँस्करण सफलतापूर्वक सम्पन्न भइसकेको छ आगामी वर्ष पनि खुकुरीले प्रतियोगितालाई निरन्तरता दिन्छ भन्ने पूर्ण विश्वस्त छौंै ।’

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved