जोगबनी किमाथांका ६ लेन सडक बाइपास गर्न स्थानीयको माग

  • पुष २७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / त्रिदेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडक बीच बीचमा विवादका कारण समयमै सम्पन्न हुन सकेको छैन । पछिल्लो समय यो विवाद धरानमा समेत देखिन थालिएको छ ।

धरानको बजार एरियामा ४ लेनको बनाउने हो या वाइपास गर्ने भन्ने बीच धरान उपमहानगरपालिकामा सडक छेउका घरवाला, स्थानीय बुद्धिजीवी र धरान उपमहानगरपालिकाबीच छलफल भएको छ ।
छलफलका क्रममा धेरैले जोगबनी किमांथाका जोगबनी सडकलाई वाइपास गरेर लानुपर्ने तर्क राखेका थिए भने केहीले बजार एरियामा ६ लेनको बनाउँदा सर्वसाधारणले धेरै क्षति व्यहोर्नुपर्ने तर्क राख्दै सडक विस्तार गर्दा ४ लेनको बनाउनुपर्ने तर्क राखेका थिए ।

धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ) को उपस्थितिमा भएको छलफलमा धरान उपमहानगरपालिकाकका पूर्व मेयर मनोजकुमार मेन्याङबोले तरहरासम्मको सडक ६ लेनेको हुने त्यहाँदेखि माथि तीनकुनेसम्मको सडक चार लेनको भएकोले धरान बजार एसियामा पनि चार लेनको बाटो निर्मार्ण हुनु पर्ने बताएका छन् ।

उनले ४ लेनमा ७२ फुटको बाटो बनिने भएकोले सडकमा आसपासमा पर्ने जग्गाधनी तथा घरधनी पनि राजी हुने तर्क प्रस्तुत गरे । उनले बजार एरियामा ४ लेनको बाटो निर्माण गर्दा पनि मार्कामा परेका घरधनी तथा जग्गाधनीलाई उचित क्षतिपूर्तिको व्यवस्था नेपाल सरकारले गर्नुपर्ने तर्क राखे ।

उनले भने–‘इटहरीदेखि तरहरासम्मको सडक ६ लेनको रहेको छ, तरहरादेखि धरान ८ तीनकुनेसम्मको बीचको बाटो ४ लेनको बनाइएको छ, सोही अनुरुप धरान बजारमा पनि ४ लेनको बनाउँदा कसैलाई मार पर्दैन ।’ उनले पीडित जग्गाधनी तथा घर धनीलाई नेपाल सरकारले मुआब्जा दिन सरकारलाई पहल गर्ने काम स्थानीय सरकारले गर्नुपर्नेमा जोड दिर्ए ।

यस्तै दलहरुको तर्फबाट बोल्दै जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्बुले दलहरुको तर्फबाट यो बाटो कुन प्रकारले लाने भन्ने विषयमा यहाँका सर्वसाधारणलाई सहजीकरण हुने गरी छलफल अगाडि बढाइएको बताए । उनले सर्वपक्षीय छलफलबाट निस्केको निष्कर्षबाट जग्गाधनी, घरधनी तथा नगरपालिकालाइ समेत सहज हुने भएकोले सहज वातावरणमा बाटो विस्तारको विषयमा निकास निकाल्नुपर्नेमा जोड दिए ।

उनले भने–‘हामीले जग्गाधनी, घरधनीलाई सहज हुने किसिमले कसैलाई मार्का नपर्ने गरी सडक विस्तार गर्नेै कामको विषयमा छलफल अगाडि बढाएका छौै, छलफलबाट तार्किक निष्कर्ष निस्क्योस् भन्ने हाम्रो कुरा हो ।’

विभिन्न खण्ड बनाएर निर्माण कम्पनीहरुले यो सडक निर्माण गरिरहेका छन् । इटहरीदेखि तरहरासम्मको सडक ६ लेनको निर्माण भएपनि तरहरादेखि धरानको तीनकुने सम्म चार लेनको मात्र बनेको छ । यो बीचमा चारकोशे झाँडी परेकोले जंगललाई बढी क्षति नपुगोस् भन्ने उद्देश्यले चार लेनको बाटो निर्माण गरिएको जनाइएको छ ।

धरानको बजार एरियामा पनि चारलेनको बाटो निर्माण गर्दा सडकमा पर्ने जग्गाधनी तथा घरधर्नीले पनि बढी क्षति व्यहोर्नु नपर्ने भएकोले चार लेनको बाटो बनाउन उपयुक्त हुने तर्क धेरैजसोले राखेका छन् । धरान ८ तीनकुनेदेखि धरान १३ बेसक्याम्पसम्म विस्तारका क्रममा सैयौ घर तथा जग्गा प्रभावित हुने देखिएको छ ।

छलफलका क्रममा सडक छेउका सर्वसाधारणले भने सडको भित्री भागबाट नभई वाइपास गरेर लानुपर्ने बताएका थिए । उनीहरुले नगरपालिका घेराउसहित नाराबाजी गर्दै ६ लेनको बाटो वाइपास गर्नुपर्ने बताएका थिए ।

धरान उपमहानगरपालिकाको अध्यक्षतामा भएको छलफलमा उपमेयर आइन्द्र बिक्रम बेघा, राजनैतिक दलको तर्फबाट जसपा धरान नगर अध्यक्ष ताजुब लिम्बु, नेकपा एमाले धरान नगर अध्यक्ष हर्क एभेङ,अ नेकपा एसका धरान नगर अध्यक्ष रेवतिरमण राई ,धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेन्याङबो, इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदबप्रसाद रिजाल, इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठ, सशस्त्र प्रहरी बल फुस्रे नायब उपरीक्षक बद्री नारायण चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान प्रहरी निरीषक श्यामकुमार बस्नेत लगायत करिब सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

६ लेन सडक विस्तार गर्दा धरानका १,२,१२,७,८,१३ वडाका जग्गाधनी तथा घरधनी प्रभावित बन्ने छन् ।

 

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved