गाउँ गाउँ पुग्यो कालोपत्रे सडक

  • पुष २७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा /धनकुटाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर कालोपत्रेको काम तिब्र रुपले हुँदै आएको छ । कालोपत्रेका लागि निर्माण कम्पनीले तिब्रता दिएको छ । निर्माण कार्यले तिब्रता पाएपछि जिल्लाको पश्चिमी क्षेत्रका नागरिकहरु हर्षित भएका छन् ।

सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेका लागि तयारी भएको हो ।

हिउदमा धुलाम्बे र बर्षाद्मा हिलाम्मे सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिकहरु सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । करिब तीन दशक अघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा बर्षेनी नागरिकहरुले सास्ती भोग्दै आएका थिए । कोशी राजमार्गसँगै जोडिएको सिधुवा, शुक्रबार ओख्रे कालोपत्रे हुन थालेपछि विगतको अवस्था फेरिएको छ ।

सो सडकको ०७६ मंसिर ९ गते प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । सडक यतिबेला कालोपत्रेका लागि तिब्र रुपमा निर्माण कार्य भइरहेको छ । ओएसिस इन्जिनियर्स एण्ड विल्डर्स प्रा.लिले सडक निर्माणको काम गर्दै आएको छ । सडक कालोपत्रे नहुँदा बर्षेनी शास्ती भोग्दै आएका नागरिकहरुले अब भने यात्रा गर्न सास्ती भोग्नु नपर्ने भएको छ भने यस क्षेत्रमा उत्पादन भएको बस्तु ढुवानी गर्न सहज भएको स्थानीयले बताएका छन् ।

स्थानीय दुर्गा बुढाथोकीले हिजोका दिनमा भारी बोक्दा थाप्लामै बोकेर लगेको बताए । कच्ची सडक निर्माण भएपछि ट्यार सञ्चालनमा आएको बताउदै त्यसबेला समेत सवारी साधन बिग्रिने, हिलोको कारण सवारी साधन फस्ने समस्या भएको बताए । उनले भने–‘कालोपत्रे निर्माण हुँदै गर्दा दुई घण्टाको शुक्रबारेसम्मको सडक सिधुवाबाट १५ मिनेमा पुगिन्छ, अत्यन्तै सहज भएको छ ।’ उनले यहाँ उत्पादन भएका सामाग्री समेत सहज ढंगबाट विक्री वितरण गर्न बजारसम्म पु¥याउन सहज भएको बताए ।

विगतमा विरामी पर्दाको समयलाई सम्झदै उनले भने–‘विशेषत: विरामी पर्दा सबैभन्दा समस्या हुन्थ्यो, एम्बुलेन्ससम्म राम्रो नचल्दा कतिपयले अस्पतालसम्म विरामी पु¥याउन नसक्दा बाटोमै मृत्यु भएको घट्नाहरु पनि छन् ।’ यो सडक ८२ करोडको लगानीमा कालोपत्रे निर्माण भइरहेको छ ।

निर्माण कम्पनीले आगामी असार मसान्त सडकलाई कालोपत्रे बनाइसक्ने हिसाबले कामलाई तिब्र रुपले अघि बढाइरहेको छ । सडकम कट्रिङ, ग्याभिङ, नाली निर्माण लगायतका कामहरु सम्पन्न गरेसँगै कालोपत्रेका लागि तयारी भएको कम्पनीका इन्जिनियर मिनराज तामाङले बताए ।

उनले भने–‘सबै काम सकिएको छ, अब काम बाँकी भनेको कालोपत्रे मात्र हो, अहिलेसम्म ७२ प्रतिशत काम सकिएको छ, बाँकी २८ प्रतिशत भनेको यही पिचको काम हो, यो काम अब आउने आर्थिक मसान्तसम्ममा काम सक्ने लक्ष्य लिएका छौं ।’

यो सडकमा दैनिक चारवटा बसको साथै साना तथा ठूला सवारी साधनहरु सञ्चालन हुँदै आएका छन् । सडकलाई गुणस्तरीय ढंगबाट समयमै सम्पन्न गर्न स्थानीय सरकार, सम्बन्धित सरोकारवाला पक्ष तथा मन्त्रालयहरुसँग परामर्श तथा अनुगमन गर्दै आएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताए ।

उनले भने–‘म आफैले ठोस हिसाबले पटक पटक समय समयमा स्थलगत रुपमा अनुगमन गरेको छु, भएको कामको विषयमा हेर्ने र सुझाव दिने काम गरेको छु, टेक्निकल्ली हिसाबले यो निर्माण सम्बन्धितसँग पनि मैले परामर्श लिँदै सम्बन्धित कम्पनीसँग छलफल गर्र्ने काम गरेको छु ।’

उनले निर्माण कम्पनीसँग नियमित रुपमा सम्पर्क राखेर यो सडकको गुणस्तरीयताको विषयमा घच्घच्याउने काम गरेको बताए । यसको कार्यान्वयनकर्ता मन्त्रालय स्तरमा पनि यस विषयमा छलफल निरन्तर गरिरहेको अध्यक्ष लिम्बु बताउँछन् । उनले भने–‘आँखाकै अगाडि काम भइरहेकोले महत्वका साथ यस सडकको गुणस्तरीयता कायम गर्न पहल कदमी भइरहेको छ, अहिलेसम्म कसैले कुनै पनि गुनासो गरेको अवस्था छैन,यो पिच गुणस्तरीययुक्त हुन्छ भन्ने मलाई लागेको छ ।’

सडक निर्माणसँगै जिल्लाको छथर गाउँपालिकाका १६ हजार नागरिकका साथै छिमेकी जिल्ला धनकुटा र पाँथरका नागरिकहरु यो सडक निर्माण सम्पन्न भइसकेपछि लाभान्वित हुनेछन् । सवारी साधन सञ्चालनका साथै स्थानीय स्तरमा उत्पादन भएको कृषिजन्य वस्तु, दुग्धजन्य पदार्थ सहज बन्ने स्थानीयहरुले बताएका छन् ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved