चानुवा माविको ६४ औँ वार्षिकोत्सव सम्पन्न

  • पुस २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ स्थित रहेको चानुवा माविको ६४औं वार्षिक उत्सव सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालित वार्षिक उत्सवको प्रदेश संसद इन्द्रमणी पराजुलीले उद्द्याटन गरेका थिए ।

सो अवसरमा बोल्दै साँसद पराजुलीले जिल्लामा सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास,गुणस्तर शिक्षा तथा शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘शिक्षाको विकासले मात्र त्यो क्षेत्रको विकास हुन्छ, शैक्षिक गुणस्तर उकास्ने खालका कामलाई म प्राथमिकतामा राखेर काम गर्छु ।’

महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायले स्थानीय स्तरबाट शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय सरकार लागेको बताए । उनले भने–‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सकेको खण्डमा नीजि विद्यालयमा महँगो शुल्क तिरेर नानीहरुलाई पठाउन आवश्यक नै रहँदैन ।’

उपमेयर मन्जु अधिकारीले स्थानीय सरकारले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । सो अवसरमा बोल्ने अधिकांंश वक्ताहरुले विद्यालयको उत्तर उत्तरु प्रगतिको शुभकामना दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक कुमार बाबु श्रेष्ठले शैक्षिक प्रगति प्रतिवेदन सहित विद्यालयको आर्थिक र भावि योजना प्रस्तुत गर्नु भएको गरेका थिए । सो अवसरमा विद्यालयका जेहेन्दार ,उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई विभिन्न पुरस्कार तथा छात्रवृति वितरण गरिएको थियो ।

स्वागत मन्तव्य शिक्षक अम्बर रायमाझीले राखेका थिए भने सञ्चालन शिक्षक राजन चापागाईले गरेका थिए ।

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved