ऐतिहासिक संरचनाको संरक्षण आवश्यक

  • पुष ७, २०७९
  • कोशीपत्र सम्पादक
alt

उदयपुर जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्संरचना भइरहेको समाचार प्रकाशमा आएको छ । सो ऐतिहासिक गढीले पुरानै स्वरूप प्राप्त गर्दै गरेको समाचारले नेपालीहरूलाई पक्कै पनि सुखद् अनुभूति दिएको छ । हरेक क्षेत्रमा बेथिति र अराजकता मात्र व्याप्त भइरहेको बेला आएको सकारात्मक समाचारले सर्वसाधारणमा आशाको सञ्चार गरेको छ । यो स्वाभाविक पनि हो । तीन वर्षयता भइरहेको पुनर्संरचनाअन्तर्गत गढीको निर्माण कार्य अहिलेसम्म झन्डै ८० प्रतिशत पूरा भएको समाचारमा उल्लेख छ । यो गढी २५० वर्षभन्दा अघिको सो गढी ध्वस्त भएको थियो तर अहिले भग्नावशेषलाई पुनर्जीवन दिन थालिएको छ । यो सकारात्मक प्रयास हो ।

यस्ता अनेक ऐतिहासिक संरचनाहरू देशभरि छरिएका छन् । यस्ता संरचनाहरूको संरक्षण र पुनर्निर्माण गर्नु राज्यको दायित्व हो तर राज्य आप्mनो दायित्व पूरा गर्नबाट चुकेको छ । यस्ता संरचनाहरू भौतिक वस्तु मात्र होइनन् । यिनले हाम्रो अतीत, हाम्रा पुर्खाहरूले देश निर्माणमा दिएको योगदान र तिनले गरेको सङ्घर्षको कथाबारे भावी सन्ततिलाई जानकारी दिन्छ । यस्ता संरचनाहरू हाम्रो गौरवशाली अतीतका जीवन्त दस्तावेज हुन् । त्यसैले यिनको संरक्षण आवश्यक छ । यो देश सजिलै निर्माण भएको होइन । वैरीहरूको आक्रमणबाट मातृभूमिलाई जोगाउन हाम्रा वीर पुर्खाहरूले वलिदान दिएका छन् । पुर्खाहरूको वलिदानीपूर्ण इतिहासलाई जीवन्त राख्न पनि यस्ता संरचनाहरूको संरक्षण गरिनुपर्छ ।      

२५० वर्षअगि बाइसे, चौबीसे राज्यमध्ये एउटा राज्य रहेको उदयपुरगढी र चौदण्डीगढीलाई शाहवंशीय राजा पृथ्वीनारायण शाहको सेनाले कब्जा गरेको थियो । वल्लो किराँत, पल्लो किराँत र माझ किराँत कब्जा गर्दै आएको गोरखाली सेनाले राज्य विस्तारको क्रममा विजयपुरगढी, हतुवागढी, चौदण्डीगढी कब्जा गर्न उदयपुरगढीमा युद्धपोत स्थापना गरेर लडाइँ गरेको इतिहासमा उल्लेख छ । 

यी संरचनाहरूले गौरवशाली इतिहासलाई स्मरण गराउँदै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने निश्चित छ । पृथ्वीनारायण शाहको फौजी कारवाही कालको इतिहास झल्काउने उदयपुरगढीको पुनर्संरचना त्यसकारण पनि सकारात्मक विषय हो । उदयपुरगढी गाउँपालिकाले तीन वर्षअगि नै पुरानो गढीको पुनर्निर्माणको योजना अगि सारेको हो । अहिले गाउँपालिका र पर्यटन मन्त्रालयको संयुक्त लगानीमा गढी पुनर्संरचना कार्य भइरहेको छ । यस्तो महत्त्वपूर्ण कार्यका लागि अग्रसरता लिने गाउँपालिका धन्यवादको पात्र बनेको छ । यो काम प्रशंसनीय र अनुकरणीय पनि छ । 

देशका अन्य क्षेत्रमा भएका यस्ता ऐतिहासिक संरचना र स्मारकहरूको संरक्षण र पुनर्निर्माणका लागि सम्बन्धित स्थानीय तहहरूले अग्रसरता लिनु आवश्यक छ । यस्ता संरचनाले तत्कालीन समाज र जीवनलाई बुझ्न पनि सघाउने हुनाले यसतर्फ सबैको ध्यान जानुपर्छ । प्राचीन संरचनाहरूको निर्माण गर्दा मौलिकतालाई भने ध्यान दिनुपर्छ । तिनको निर्माणमा प्राचीन कला र शैलीलाई जोगाउनु आवश्यक हुन्छ । 

 

 

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved