चर्को व्याज विरुद्धको आन्दोलन आजबाट

  • पुस ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / बैंकले लिएको चर्को ब्याजदरका विरुद्ध आन्दोलित हुँदै आएका उद्योगी तथा व्यापारीहरुले विहीबार (आज) बाट पुनः आन्दोलन गर्ने भएका छन् ।

मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गरेर स्थागित गरिएको आन्दोलन बिहीबारबाट ज ारी राख्ने परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले बताए । बुधबार बिराटनगरमा पत्रकार सम्मेलने गर्दै उद्योगी व्यवसायीहरुले ब्याजदर नघटाएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

अध्यक्ष घिमिरेले भने–‘ ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन घोषणाग गरेका हौं सरकारले हाम्रो मागलाई वेवास्ता गरेकोले बिहीबारदेखि ब्याजदर नघटुन्जेल बन्द हड्तालमै उत्रिन्दछौंै ।’
पत्रकार सम्मेलनमा उनीहरुले उद्योगी व्यवसायीहरुललाई सरकार र नेपाल राष्ट्र बैंकले विस्थापित ग र्ने नीति लिएको बताउदै यसको विरुद्ध आन्दोलनमा जानु बाहेक अर्को विकल्प नभएको बताएका थिए ।

अध्यक्ष घिमिरेका अनुसार आन्दोलन अन्तर्गत उद्योगी व्यवसायीहरुका दुई दर्जनभन्दा बढी संघ संस्थाहरुले बिहीबारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, एक दिन एक दिन बजार बन्द गर्ने लगायतका कार्यक्रम घोषणा गरेका छन । उनले भने ‘आन्दोलन निष्कर्षमा नपुगेसम्म हामी पछि हट्ने छैनौं’, आन्दोलनलाई देशव्यापी बनाउनेछौं ।’

उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने मुख्य मागसहित पाँच बँुदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले चालु पुँजी कर्जा २५ प्रतिशतमा सिमित राख्ने निर्देशिकाले आफूहरु मारमा परेको बताएका छन् ।

अध्यक्ष घिमिरेले भने–‘एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेकोले घटाउनुपर्ने, स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने हाम्रो माग छ, यी माग राखेर हामी अनिश्चिकालीन आन्दोलन चर्काउँछौै ।’

आन्दोलनमा नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका दुई दर्जनभन्दा बढी संघ संस्थाले सहभागिता जनाउने जनाइएको छ ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved