हरेक वर्ष सयौँ नेपालीले विदेशी भूमिमा ज्यान गुमाउने गरेका छन् । पछिल्ला तीन वर्षमा मात्र ३ हजारभन्दा बढी नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । सरकारले सार्वजनिक गरेको ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ मा उल्लेख भएअनुसार सन् २०१९÷०२० देखि २०२१÷०२२ सम्ममा ३ हजार १९९ नेपाली युवाले ज्यान गुमाएका छन् । सन् २००८÷०९ देखि २०२१÷०२२ सम्ममा भने १० हजार ६६६ नेपालीले विदेशी भूमिमा ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ । उनीहरूको मृत्युको कारणमा कार्डियाक अरेस्ट, हर्ट अट्याक, प्राकृतिक कारण, सवारी दुर्घटना, आत्महत्या, कोरोनागायतका छन् । कतिपयले भने कार्यक्षेत्रमै ज्यान गुमाउने गरेका छन् । २०२१÷०२२ मा कोरोना महामारीका कारण पनि २०७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।
नेपालीहरूका लागि यो आँकडा दुःखद् पक्ष हो । आपूm र आप्mनो परिवारको सुखद् भविष्यको सपना साँचेर विदेशी भूमिमा पुगेका नेपालीहरूले उतै ज्यान गुमाउने अवस्था सिर्जना हुनु निश्चय पनि सुखद् विषय होइन । घर–परिवार र आफन्तहरूबाट हजारौँ किलोमीटर टाढा पराई भूमिमा जीवन विसर्जन गर्न बाध्य हुनु पक्कै पनि अनपेक्षित विषय हो तर नेपालीहरू यस्तो दुःखद् अवस्था भोग्न बाध्य भइक्ष्रहेका छन् । विदेश जाने अधिकांश नेपाली रोजगारीको खोजीमा गएका हुन्छन् । देशमा रोजगारको अवसर उपलब्ध नहुँदा उनीहरू पराई भूमिमा रगत र पसिना बगाउन बाध्य भइरहेका छन् । रोजगारीका लागि वैदेशिक भूमिमा जानु कसैको पनि रहर हुन सक्दैन । सबैजना बाध्यताकै कारण पराई भूमिमा रगत र पसिना बगाउन पुगेका हुन् ।
उनीहरू विदेशी भूमिमा जन्मभूमिभन्दा फरक भौगोलिक वातावरणमा काम गर्न बाध्य छन् । कतिपय नेपालीले फरक भौगोलिक वातावरणकै कारण पनि ज्यान गुमाएका छन् । चिसो वातावरणमा हुर्किएका नेपालीहरू अत्यधिक गर्मीमा अभ्यस्त भएका हुँदैनन् तर उनीहरू खाडी मुलुकमा अत्यधिक तातो वातावरणमा काम गर्न बाध्य हुन्छन् । यस्तै असहज अवस्थामा अनुकूलन हुन नसकेर पनि उनीहरू मृत्युको मुखमा पुग्न बाध्य हुन्छन् । त्यसो त जोखिमपूर्ण काम पनि कतिपयको मृत्युको कारण बनेको देखिन्छ । सवारी दुर्घटनामा पनि कतिपयले ज्यान गुमाउने गरेका छन् ।
यस्तो मृत्यु परिवारका लागि पनि असह्य हुने गरेको छ । कतिपयले अभिभावक गुमाउने गरेका छन् भने कयौँले बुढेसकालको सहारा गुमाउनु परेको छ । यस्तो अवस्थाको अन्त्य हुनु आवश्यक छ । यसका लागि स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्छ । सरकारले योजनाबद्ध रूपमा कार्यक्रम बनाएर प्रभावकारी कार्यान्वयन गरे यो असम्भव विषय होइन । यसका लागि राजनीतिक दल र तिनका नेताहरू इमानदार, लगनशील, निस्वार्थ र दूरदर्शी हुनु आवश्यक छ । जनशक्तिको उपयोग स्वदेशमै गर्न सके देशको उन्नति र प्रगतिले पनि अपेक्षित गति लिन सक्छ । यसतर्पm सरकारको ध्यान जानुपर्छ । नेताहरू इमानदार हुन नसक्दा देश विकासले अपेक्षित गति लिन नसकेको हो ।