म सानै थिएँ । आमाले मेरा दुबै कान छेडी सुनका मुन्द्री बनाएर लगाइ दिनु भएको थियो । कानमा सुनका मुन्द्री लगाउँने त्यसबेलाको त्यस गाउँभरिको फुच्चे सायद मै मात्र थिएँ । यद्यपी म सुनको महन्व बुझ्ने भइसकेको थिइँन ।
एक दिन सुनको महन्व बुझ्ने मेरा आफन्तले मलाई फकाइफुल्याइ मेरा कानका ती मुन्द्री फकालेर लगे । मैले नदिन खोज्दा पनि केही चलेन । बेलुका आमाले मेरा कानमा मुन्द्री नदेखेपछि मलाई तेरा कानका मुन्द्री खोई नानी ? भनेर आश्चर्य चकित मुद्रामा मेरा कान छाम्दै सोध्नुभयो । मैले पहिले त हराए भनेर टारेँ । तर आमाले बिश्वासै गर्नु भएन । कसरी हराए ? कहाँ हराए ? कसले लग्यो ? भन् त नानी भनेर फकाउँन थाल्नु भयो । नभन्नु भनेकोले मैले भन्दै भनिन । त्यसपछि आमा रिसाउँनु भयो । मैले आफूले नलाइनलाइ छोराले लाओस भनेर बनाइ दिएको ल्याउँछस् ती मुन्द्री कि ल्याउँदैनस ? कसलाई दिइस् ? भनेर पिट्न लौरो उझाएपछि मैले नभनि भएन ।
त्यसो त आमाले अगि लख काटि सक्नु भएको थियो । ती हाम्रा आफ्ना मान्छे थिए जसले हाम्रो इ¥श्या गर्थे । हामीले लाएको,खाएको डाहा गर्थे । जो आफू पनि गरि खान सक्दैनथे र हामीले गरि खाएको पनि देखी सहन सक्दैनथे । मेरा कानका मुन्द्री तिनैले लगेका थिए ।