मोरङ / मोरङको विराटनगर महानगरपालिका–१६बाट अवैधरुपमा भन्सार छलेर ल्याएका सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।
आइतबार राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलेर्र ल्याउँदै गरेको अवस्थामा प्रहरीले अवैध सामान बरामद गरेको हो ।
बरामद गरिएका सामानहरुमा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायत रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानको मूल्य १२ लाख ३ हजार ४ सय २० रुपैया बराबर रहकेो जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद गरिएको सामान प्रहरीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाइएको जनाएको छ ।
कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००
अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना
Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved