क्षितिज (कविता)

  • पुस ५, २०७९
  • "सागरमणि दाहाल /धरान, सुनसरी"
alt

टाढा धेरै टाढाबाट हेर्छु
उसले तिमीलाई छोए जस्तै लाग्छ ।
फेरि हेर्छु
उसलाई तिमीले झ्याप्प
अँगालो हाले जस्तै लाग्छ ।
बेला उसलाई तिमीले छेडे जस्तो
बेला उसले तिमीलाई थिचे जस्तो
जति नजिकबाट चुम्न खोज्छु
तिमी उति उति टाढा लाग्छ ।
तर,
उसको स्पर्श

तिम्रो अङ्कमाल उस्तै लाग्छ ।।
हरदिन
बिहान सूर्योदय

साँझ सूर्यास्त हुन्छ
दुबैपटक तिम्रो सौन्दर्य मौलाउँछ।
प्रत्येक साँझ शीतलता बोकेर
टाढैबाट
तिमीलाई चिहाउँदै जून उदाउँछ
उसैगरी बिहान
तिमीलाई नजिकबाट चिहाउँदै
न्यानो छरेर जून अस्ताउँछ ।
यी दुबै रमिता नियाल्छु

पिरोलिन्छु
तिम्रो न्यानो स्पर्शको
पर्खाईमा
मिठा सपना तुन्दै
म,
बेला बिताई रहन्छु ।
तर,
टाढाबाट
यी सबै सौन्दर्य
चिहाएर टोल्हाउनुको मज्जा
सायदै,
तिम्रो पोल्टामा पर्दैन ।
३३
छामेको सौन्दर्य

चिहाएको सौन्दर्य
अनि
कल्पनाको सौन्दर्य
सबैका अनुभूति फरक फरक हुन्छन्
त्यसैले त
क्षितिज !
तिम्रा र मेरा अनुभूति फरक छन् ।
कल्पना र भोगाई फरक छन् ।
म तिमीलाई
कल्पनाले स्पर्श गर्छु,
सम्झनाले निथ्रुक्क भिजाउँछु,
र,
निरन्तर निरन्तर खोजिरहन्छु
तिम्रो,मेरो र आकाशको
सम्बन्धको परिभाषा ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved