‘साइबर ब्युरोमा उजुरी हाल्छु’

  • पुस ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान उपमहानगरपालिकाका कार्यपालिका प्रवक्ता एवम् धरान १७ का वडाध्यक्ष मनोज भट्टराई मेयर हर्क साम्पाङका समर्थकका विरुद्धमा साइबर क्राइम विरुद्ध उजुरी दिन सोमबार काठमाण्डौ गएका छन् ।
मेयर साम्पाङका समर्थकले आफ्नो सामाजिक सञ्जालमा अशोभनीय कमेन्ट गर्ने गरेकाले काठमाण्डौको साइबर व्युरोमा गएर साइबर क्राइमको मुद्दा हाल्न लागेको बताए ।

उनले भने–‘धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङका समर्थकले सामाजिक सञ्जालमा अत्यन्तै अशोभनीय गालीगलौज गरेर टिप्पणी गर्ने गरेका छन्, उनीहरुले गरेको कमेन्ट परिवारमा बसेर सुन्नै नसकिने शब्द प्रयोग गरेका छन्, आफूमाथि भएको अपमान विरुद्ध साइबर ब्युरोमा उजुरी दिन लागेका हो ।’

उनले यहीबाट कानुनी प्रक्रिया अगाडि बढाउँदा समय लाग्ने भएकोले उजुरी दिन काठमाण्डौं गएको बताए । उनजे भने–‘कार्यपालिका विवादबारे आफ्ना भनाई सञ्चारमाध्यममा राख्दा गाली गलौज गर्ने खालका कमेन्ट गर्ने, अस्लिल शब्द बोल्ने, मेरो आफ्नै म्यासेन्जरमा अपब्द बोल्दै गालीगलौज गर्ने प्रवृत्ति बढेर गयो, यसले मेरो सुरक्षामाथि नै चुनौति देखिएपछि म बाध्य भएर साइबर क्राइमसम्बन्धी मुद्धा हाल्न साइबर ब्युरोमा गएको हुँ ।’

उहाँले नगरप्रमुखका समर्थकहरुले फोनमार्फत तथा कमेन्ट बक्समा सम्पत्ति छानविनको कुरा समेत उठाएको बताए । उनले भने–‘यो कुरामा मेरो आपत्ति छ, आफू राज्यको नीति, नियमलाई अख्तियार गर्दै वार्षिक सम्पत्ति विवरण बुझाउँदै आएको बताए ।

उनले भने ‘व्यक्तिगत सम्पत्ति छानबिन गर्ने उहाहरु के अख्तियार हो किसम्पत्ति शुद्धीकरण आयोग हो ? उहाँहरुलाई सम्पत्ति छानविन गर्न कसले अधिकार दियो ?’ यस्ता धेरै कारणले आफू आजित भएको र मेरो सुरक्षामाथि नै थ्रेड आएकोले बाध्य साइबर ब्युरोमा साइबर क्राइमसम्बन्धी उजुरी हाल्न काठमाण्डौ गएको बताए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved