स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखे

  • पुस ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

झापा /हरेक स्थानीय तहले पछिल्लो समय स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । पछिल्लो समय झापाको दमक नगरपालिकाले समेत आफ्नो नगरमा रहेका दीर्घ रोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

दमक नगरपालिकासँग सहकार्य गरेर नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ ।

रेडक्रसका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमत रगतको आवश्यकता पर्ने, पाँच बर्ष मुनिका बालबबालिका लागि निःशुल्क रगत उपलब्ध गराउने सहमति भएको जानकारी गराए । उनले भने–‘स्थानीयहरुलाई स्वास्थ्यको पहुँच पु¥याउने काम नगरपालिकाको हो, सेवामा सधै तत्पर रहने रेडक्रस यस्ता कुरामा सधै सहयोग गर्न रेडक्रस विगतदेखि नै अगाडि रहेको छ, पछिल्लो समय लक्षित वर्गका लागि र सधै रगत आवश्यक पर्नेहरुका लागि निःशुल्क रगत उपलब्ध गराउने सहमति गरेका हौं ।’

यस भन्दा अगाडि रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क रु ९ै सय ५० लिने गरेको थियो । उनले दमक निःशुल्क रगत उपलब्ध गराउनका लागि दमकमै स्थायी बसोबास हुनुपर्न बताए । उनले भने–‘दमकमै स्थायी बासबास भएको प्रमाण पेश गर्ने बित्तिकै विरामीलाई हामी निःशुल्क रगत उपलब्ध गराउँछौै ।’

दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शशी राई, दमक रेडक्रसका सभापति बुढाथोकी, पूर्वसभापति लिला गुरागाईंको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । दमक रेडक्रसले रक्तसञ्चार र सर्पदंश उपचार सेवा सञ्चालन गर्ने गरेको छ ।

 

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved