विराट एक्स्पो : रोजगार पेभिलियनमा आकर्षण

  • पुष ५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ \ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा युवायुवतीहरूलाई आकर्षण बढेको छ ।

एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए ।

स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए ।
मेलामा रोजगारीका लागि फर्म भर्नेहरूमा धेरैजसो स्नातक तहमा पढ्ने विद्यार्थीहरू रहेको संयोजक यादवले बताएका हुन् । कामको खोजीमा विद्यार्थीहरू धेरै आएका र सिपसिकेका दक्ष जनशक्ति थोरै मात्रै भएकाले माग भएको कामका लागि ‘म्याच’ गर्न गाह्रो भएको यादवले जानकारी दिए ।

 

5 1 4 1

काम खोज्न आउनेहरू धेरै जसोले लेखा, रिसेप्सनलगायतका पदहरूमा आवेदन दिएका छन् ।
यता रोजगारदाताहरूले भने धेरै जासो उद्योगमा काम गर्ने दक्ष तथा अर्धदक्ष कामदार र थोरै मात्रामा लेखा तथा रिसेप्सनका लागि माग गरेको जनाइएको छ ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । सोमबार अनुसन्धान र प्रविधि शून्य लगानी खेती–प्रणाली, अन्न भण्डारणको वैज्ञानिक पद्दती, खाद्य प्रशोधन ः परम्परागत प्रविधि नयाँ अवसर, प्रशोधित खाद्यको गुणस्तर, मासु प्रशोधनको प्रविधि र उद्योग, नेपालमा अलँची ड्रायर प्रविधिको रुपान्तरण विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल भएको थियो ।

मंगलबार प्रदेश १ मा नवप्रवर्तन (स्टार्टअप) तथा कृषि व्यवसायका अवसर र अवरोध, प्रदेशमा कृषि व्यवसाय लजिस्टिक सेवाहरू ः अनुभव र अबको बाटो र उदीयमान नवप्रवर्तन (स्टार्टअप) इकोसिस्टम र इन्कुबेटरहरू ः आगामी मार्गचित्रमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै छलफल हुने उद्योग संगठन मोरङले जनाएको छ ।


त्यसैगरी, दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । मंगलबार थिमेटिक फेसन शो आयोजना हुँदैछ । प्लाष्टिकलाई सही ढंगले उपयोग गर्नु पर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने उद्देश्यले थिमेटिक फेसन शो हुन लागेको हो । प्लाष्टिकजन्य प्याकेजिङ सामाग्री उत्पादन गर्ने उद्योगहरुको संस्था प्लाष्ट फाउण्डेशनको सहकार्यमा रिड्युज, रियुज र रिसाइकल थिममा फेशन शो हुन्छ ।

मोडलहरुले प्लाष्टिकजन्य सामाग्रीहरुको पुनः प्रयोग गरी फ्रेब्रिक गरिएको कपडाहरु लगाउने छन् । हरेक वस्तुको प्रयोग पुनः प्रयोग हुन्छ, गर्न सकिन्छ भन्ने सन्देशसहित सचेतना अभिवृद्धि गर्न काठमाडौं बाहिर पहिलो पटक विराटनगरमा फेसन शो हुन लागेको प्रचार प्रसार संयोजक नन्दकिशोर राठीले बताए ।
महानगरको विभिन्न स्थानबाट एक्स्पो आउन जानका लागि सटल बसको व्यवस्था गरिएको छ ।

दिल्लीको होटलबाट ओखल ...

धरान/  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भ ...

भगवान नाममा रहेको जग ...

धरान/ धरान–६ पानबारी स्थित नरसिंह भगवान मन्द ...

अनेमसंघ मोरङको अध्यक ...

मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ...

ज्येष्ठ नागरिकलाई भ् ...

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved