किसानलाई सहयोग गर

  • पुष ६, २०७९
  • कोशीपत्र सम्पादक
alt

धनकुटामा पछिल्लो समय टनेल खेती तथा बेमौसमी तरकारी खेतीतर्फ किसान आकर्षित भएको समाचार त्यहाँबाट आएको छ । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेसँगै टनेल खेतितर्पm किसानको आकर्षण बढेको समाचारमा उल्लेख छ । यो धनकुटाको चित्र मात्र होइन । अहिले धेरै स्थानमा किसानहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका देखिन्छन् । टनेल खेती गर्दा लगाइएको तरकारी सुरक्षित हुने र उत्पादन पनि राम्रो भएर प्रशस्त आम्दानी हुने भएपछि उनीहरू टनेल खेतीतर्पm आकर्षित बनेका हुन् । टनेल खेती गर्दा बेमौसमी तरकारी उत्पादन गर्न पनि सकिन्छ ।

यसरी किसानहरू आधुनिक प्रविधितर्फ आकर्षित हुनु सकारात्मक पक्ष हो । कृषि क्षेत्रमा आधुनिकीकरण र व्यावसायीकरण नै हाम्रो देशको समृद्धिको एउटा मुख्य आधार हुनसक्छ । कृषिप्रधान देश भनिए पनि हाम्रो देश कृषि उत्पादनमा आत्मनिर्भर छैन । हरेक कृषि उत्पादनमा परनिर्भर हुनु हाम्रो दुःन हो । चामल, दालदेखि तरकारी र नुनसम्म हामी परनिर्भर छौँ । यस्तो अवस्थाको अन्त्य नगरी दीर्घकालसम्म हामी निश्चिन्त हुन सक्दैनौँ । कम्तीमा पनि हामीले कृषि उत्पादनमा आत्मनिर्भर बन्नैपर्छ । 

अहिले हाम्रो देशको अवस्था कस्तो छ भने केही समय मात्र धान, चामल र तरकारी आयात रोकिने हो भने यहाँ हाहाकार मच्चिन्छ । कृषिप्रधान देशका लागि यो विडम्बना मात्र होइन, लज्जाको विषय पनि हो । कुनै समय हाम्रो देशले कृषि उत्पादन निर्यात गथ्र्यो भन्ने कुरा अब पत्याउन पनि गाह्रो भएको छ । यस्तो कसरी भयो ? यस विषयमा सबैले घोत्लिनु आवश्यक छ । कृषिमा आत्मनिर्भर नबनी समृद्धितर्फको हाम्रो यात्रा सम्भव छैन । आत्मनिर्भर मात्र होइन, कतिपय कृषि उत्पादन निर्यात पनि गर्न सकिने अवस्थातर्पm देशलाई अगि बढाउनुपर्छ । 

टनेल खेतीतर्फ किसानहरूको आकर्षण आत्मनिर्भरतातर्फको एउटा पाइला हुनसक्छ । यस्ता किसानहरूलाई सरकारले प्रोत्साहन गर्नु आवश्यक छ । किसानहरूलाई प्रविधिमैत्रि बनाउँदै कृषिमा व्यावसायीकरण र आधुनिकीकरणमार्पmत् देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सरकारले विशेष योजना लागू गर्नुपर्छ । नारा र भाषणले मात्र देशको विकास र नागरिकहरूको प्रगति सम्भव छैन । यसका लागि योजनाबद्ध कार्यक्रम र कार्यक्रमको प्रभावकारी कार्यान्वयन चाहिन्छ । हाम्रो देशमा माछापालन र पशुपालनको पनि राम्रो सम्भावना छ । किसानहरूलाई यसतर्फ पनि प्रोत्साहन गर्नुपर्छ । 

टनेल खेतीबाट थोरै जमीनमा धेरै उत्पादन गर्न सकिने भए पनि यसका लागि प्राविधिक ज्ञान आवश्यक छ । किसानहरूलाई प्राविधिक ज्ञान दिन सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ । यससँगै प्राविधिक सामग्री र उपकरणमा पनि सरकारको सहयोग आवश्यक हुन्छ । व्यावसायिक टनेल खेतीका लागि अनुदान दिएर राज्यले सहयोग गर्नुपर्छ । 

 

 

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved