बजेटको अभाव देखाउदै ट्राफिक भवन निर्माणको काम रोकियो

  • पुष ६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

झापा / नेपालीमा एउटा उखान छ, अर्काको काम कहिले जाला घाम । दमक ट्राफिक प्रहरी कार्यालयको भवनसँग ठ्याक्कै मिल्न गएको छ । एक बर्ष भित्रमा सम्पन्न गर्ने गरी २०७६  वैैशाखमै २३ गते १ नं. प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी केदार रिजालको प्रमुख आतिथ्यतामा भवनको शिलान्यास गरिएको थियो ।तर शिलान्यास भएकै तीन बर्ष बितिसक्दा भवनको काम बल्लतल्ल ६० प्रतिशतमात्रै पूरा भएको छ ।

झापाको दमक ५ स्थित करिब २ करोड ८४ लाख रुपैयाँ लागतमा निर्माण शुरु भएको भवनको लामो समयदेखि निर्माणको काम रोकिएको छ । बजेट अभावकै कारण भवन निर्माणको काम लामो समयसम्म रोकिएको दमक ट्राफिक भवन निर्माण समितिका सचिव चन्द्र खत्रीले जानकारी दिए ।


अहिलेसम्म दमक नगरपालिकाबाट ३० लाख, प्रदेश १ सरकारबाट १ करोड ५ लाख रुपैयाँ प्राप्त भएको सचिव खत्रीले जानकारी दिए । अहिले पनि निर्माण समितिसँग करिब ३२ लाख रुपैया मौज्दात रहेको सचिव खत्रिले बताए । तर पनि भवन निर्माणको काम भने अघि बढ्न सकेको छैन । पुरानो भवन भत्काइएपछि ट्राफिक प्रहरी कार्यालय दमक स्थित बसपार्कको टर्मिनल सारिएको थियो । तर पुरानै भएपनि अर्को ठाउँमा सानो आकारको घर निर्माण गरेर पुन  यही ठाउँमा कार्यालय स्तान्तरण गरिएको छ ।

अहिले ट्राफिक इन्चार्जसहित ट्राफिक प्रहरीहरु निर्माणाधीन भवनमै बस्ने गरेका छन् । यद्यपि निर्माणाधीन भवनमा बस्न जोखिमपूर्ण अवस्थामा भने यथावत नै रहेको देखिन्छ । विजुलीका तारहरु यत्रतत्र छरिएका छन् भने भवन अझै बस्न योग्य भइसकेको छैन । बाध्यताले गर्दा ट्राफिक प्रहरीहरु निर्माणाधीन भवनमै जसोतसो बस्न बाध्य भएका छन् । भवन निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०७७ साल वैसाखमै भनिएको भए पनि कोरोना भाइरसको प्रभावका कारण मुलुकमा संक्रमण बढेपछि करिब तीन महिना काम नै ठप्प भएको थियो । त्यसपछि मजदुरहरुलाई सामान्य स्वास्थ्य सुरक्षा अपनाएर पुन ः निर्माणको काम सुरुचारु गरिएको भए पनि अहिले पुन  काम रोकिएको छ ।

एक नं. प्रदेश कानुन मन्त्रालय, दमक नगरपालिका र दमकका स्थानीय बासीहरुको सहयोगमा निर्माणाधीन भवनमा १४ वटा कोठा रहने र छुट्टै मेच निर्माण गरिने बताइएको छ । तर निर्माणको काममा भइरहेको ढिलासुस्ती र बजेटकै अभावका कारण यो भवनको निर्माणको कामले चाँडै नै सम्पन्न हुने कुरामा कसैलाई विश्वासु नै हुन छाडेको छ ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved