हिमाली तथा पहाडी जिल्ला सडक सञ्जालले जोडियो :तराई झरेर जानुपर्ने बाध्यता हट्यो

  • पुष ७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / पहाडी तथा हिमाली जिल्लाहरु तराईसँग सडक सञ्जाल जोडिएको लामो समय बिते पनि पहाडी जिल्लाबाट अर्को पहाडी जिल्लामा जान तराई झर्नैै पर्ने बाध्यता थियो तर पछिल्लो समय सडक विस्तार भएसँगै त्यो अन्त्य भएको छ ।

धनकुटामा करिब २०३८ सालदेखि नै सवारी साधन सञ्चालनमा आएका हुन् । धनकुटासँगै सीमाना जोडिएको पाँचथर जिल्लामा पनि करिब २०४२ सालदेखि यातायातको साधन सञ्चालनमा आएको बताइएको छ । बेलैदेखि यी जिल्लामा सवारी साधन तथा एक अपासमा सीमाना जोडिएको भए पनि धनकुटा सदरमुकामबाट पाँचथर सदरमुकाम जान तराईका सुनसरी, मोरङ र झापा र इलाम हुँदै करिब ३ किलोमिटर पार गरेर मात्र पुग्न सकिन्थ्यो ।

तर केही बर्ष यता पनि त्यो बाध्यता अन्त्य भएको छ । मध्य पहाडी राजमार्ग भेडेटार, राजारानी, रवि, राके, तमोर, कावेली करिडोर निर्माण भएसँगै तीनसय किलोमिटरको यात्रा एकसय किलोमिटर भन्दा कममा सीमित बन्न पुगेको छ ।

धनकुटा र पाँचथर जस्तै काली मेचीका इलाम, पाँचथर, ताप्लेजुङ, कोशीका धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर तथा सगरमाथाका खोटाङ, ओलाङचुङगोला तथा सोलुखुम्बुको एक आपसमा सीमाना जोडिए पनि अवस्था उस्तै थियो । तर पछिल्लो समय सबै जिल्ला एक अर्कामा सडक सञ्जालमा जोडिएका छन् । यतिमात्र हैन सडक सञ्जालमार्फत पहाड पहाडै पहाड संघीय राजधानी काठमाण्डौ पूर्वी पहाडसँग पनि जोडिएको छ ।

डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख कैलाशप्रसाद देवले एक जिल्लाबाट अर्को जिल्लामा सडक सञ्जाल जोडिएपछि सर्वसाधारणलाई आवातजावतमा सहज भएको बताएका छन् ।
उनले भने–‘धनकुटा जिल्लामै दुई वटा राजमार्गहरु एउटा तमोर छेउबाटै क्रस गरेको छ अनि तेह्रथुमको बसन्तपुरबाट ताप्लेज्ुङ जिल्ला, पाँचथर जिल्लालाई छुने, पाँचथर जिल्ला हुँदै धनकुटा जिल्ला छिचोल्ने, मध्य पहाडी क्षेत्र पाँचथर हुँदै तेह्रथुम, तेह्रथुम हुँदै धनकुटा, धनकुटा हुँदै भोजपुर यसरी क्रमगत रुपले काठमाण्डौ पुग्न सकिन्छ ।’ तराई नझरी कन पनि यी दुई वटा राजमार्गले सर्वसाधारणलाई सहजता प्रदान गरेको प्रमुख देवले बताए ।

यी जिल्लाहरुलाई एक आपसमा जोड्ने काम भने मध्य पहाडी राजमार्ग भेडेटार–राजारानी, तमोर–कावेली करिडोर लगायतका सडक सञ्जालले गरेकोे छ । भर्खरैमात्र ट्रयाक खोल्ने काम पूरा भएका यी सडक स्तरोन्नतिको चरणमा रहेका छन् ।

पूर्वी पहाडी जिल्ला र हिमालका जिल्ला एक आपसमा जोडिने गरी सडकको ट्रयाक खोल्ने काम गरिए पनि स्तरोन्नति नहुँदा सडक जीर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । तथापि साना र प्राइभेट सवारी साधन भने तीनै सडक सञ्जालमा सञ्चालन हुने गरेको छ ।

पहाडै पहाड जोडिएको सडकले एक अर्कासँग आर्थिक, सामाजिक र साँस्कृतिक रुपले पनि जोड्न मद्धत गर्ने उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई बताउँछन् । उनले भने–‘सडक विस्तार सँगसँगै पूर्वी क्षेत्रको पर्यटनको ढोका खोलेको छ, यो सडक सञ्जाल मुख्य व्यापार र पर्यटनको महत्वपूर्ण अंग हो ।’

उनले सडक विस्तार हुनु उद्योग र व्यापारको ढाको खोल्नु रहेको बताए । उनले भने–‘सडक सञ्जाल जोडिदा एक जिल्लामा उत्पादन भएको सामाग्री अर्को जिल्लामा लान उद्योगी व्यापारीलाई लान सहज भएको छ ।’

त्यसो त नयाँ खोलिएको तमोर करिडोरमार्फत विराटनगरको रानी भन्सारबाट चाइना बोर्डर सम्मको लम्बाई २ सय ७० किलोमिटर मात्र छ । यो भारतदेखि चाइना सीमाना जोड्न् सबैभन्दा छोटो मार्ग समेत हो । यो सडकमो निर्माणपछि पूर्वी नेपालको व्यापार फस्टाउने स्थानीयहरुको विश्वास छ ।

अनेमसंघ मोरङको अध्यक ...

मोरङ/  नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ...

ज्येष्ठ नागरिकलाई भ् ...

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको ...

वराहक्षेत्रको बाक्सि ...

वराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आ ...

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved