वैदेशिक रोजगारीबाट फर्केका स्वदेशमै रोजगारी खोज्दै उत्पादनले पाउँदैन बजार

  • मंसिर २८, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम : सीप र व्यवसायिक ज्ञान नहुँदा धेरै युवाहरु वैदेशिक रोजगारीमा गएर पैसा कमाए पनि स्वदेशमा वेरोजगार नै बस्नुपर्ने अवस्था छ । वैदेशिक रोजगारीमा जाँदा सिकेका सीपलाई प्रयोग गर्न सके नेपालमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण प्रसस्त छन् । तर उनीहरुको सीपलाई नेपाल सरकारले प्रवद्र्धन र बजारको खोजी नगरिदिँदा व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आउने गरेका छन् ।

इलामको चुलाचुली गाउँपालिका ५ चपेटकी सम्झना राई मलेसियाबाट फर्केर बङ्गुर पालन गर्न थालिन । नौ वर्ष मलेसिया बसेर स्वदेशमै केही गरौँ भन्ने सोच बनाउँदै गर्दा युवा सशक्तीकरण समूह मार्फत स्वरोजगारको लागि सीप विकास तालिम सञ्चालन हुन लागेको थाहा पाइन । उद्यमशील विकास तालिममा सहभागी भइन । उद्यमशील तालिममा सहभागी भएका राईले बङ्गुर पालनसम्बन्धी सीप विकास तालिम पनि लिए । सीप विकास तालिम पछि उनले व्यवसाय गर्नको लागि सहयोग पाएपछि बंगुरका पाठा किनेर व्यवसाय थालिन । चार वर्षअघि व्यवसाय सुरु गरेका राईसँग अहिले ३० वटा बङ्गुर छन् । उनी मुख्यतय बच्चा उत्पादनको लागि माऊ पाल्छिन् । लामो समय वैदेशिक रोजगारीमा भतारिएकी राई गाउँमै आएर स्वरोजगार बन्ने सपनाले व्यवसाय सुरु गरे पनि बङ्गुरका पाठा पाठी नबिकेका कारण व्यवसाय नै छाड्ने मनसायमा पुगेकी छन् ।

त्यस्तै माई नगरपालिका–९ की रञ्जना राईले पनि बङ्गुर पालन गरेकी छिन् । उनले तीन वटा बङ्गुर वाट पाठा उत्पादन गरिरहेकी छन् । हाल उनीसँग १५ वटा पाठा पाठी छन् । उनी पनि पाठा पाठी नबिकेर समस्या भएको बताउँछिन् । उनी भन्छिन् एक दुई पैसा आम्दानी हुन्छ की भनेर व्यवसाय सुरु गरे तर अहिले पाठा नबिकेर समस्या भइरहेको छ । दुई वर्ष अघि पाँच लाखको लगानीमा सुरु गरेको व्यवसाय सुरुमा राम्रै गरी पाठा विक्री भएपनि पछिल्लो समय पाठा बिक्री नहुँदा समस्या भइरहेको राई बताउँछिन् । उनले पनि बङ्गुर पालनसम्बन्धी सीप विकास तालिम र सहयोग पछि व्यवसाय गर्न थालेकी हुन ।

उता माई नगरपालिका ३ का अजय राईले भने कुखुरा पालनाबाट व्यवसाय सञ्चालन गरिरहेका छन् । डिप्लोमा पड्दै व्यवसाय सुरु गरेका राई अहिले डिग्रीको पढाई स्थगित गरेर व्यवसायमा लागेका छन् । सुरुमा एक सय वटा चल्लाबाट सुरु गरेका राईले अझै व्यवसाय बढाउने सोचमा थप नयाँ फर्म खोल्न लागिरहेका छन् । हाल उनको फर्ममा तीन सय भन्दा बढी कुखुरा रहेका छन् । डिग्रीको पढाई स्थिगीत गरेका उनी जागिर खान भन्दा व्यवसाय तिरै बल गरिरहेका छन् । उनी भन्छन्, ‘जागिर भनेको सीमित हुन्छ तर व्यवसाय जतिगर्नसको त्यति आम्दानी लिन सकिन्छ ।’ मानाबुङका सन्देश राईले बाख्रा पालन गरेका छन् । चार वर्ष दुवै बसेर आएका राईले पनि सीप विकास तालिम पछि व्यवसाय थालेका हुन । उनको खोरमा अहिले ६० वटा भन्दा बढी बाख्रा रहेका छन् । नजिकै चरन क्षेत्र भएको कारण उनले अझै बाख्रा बढाउन लागेको बताउँछन् । मासुमा प्रयोग हुने खसी बिक्रीमा खासै समस्या नभए पनि दाम भनेजस्तो पाउन नसकेको बताउँछन् । यति मात्र होइन जिल्लामा धेरै युवाहरूले सीप विकास तालिम पछि व्यवसाय सुरु गरेका छन् । तालिम पश्चात् सुरु गरेको व्यवसाय राम्रै चलिरहेपनि बिक्रीमा सोचेजस्तो दाम नपाउने हुँदा समस्या हुने व्यवसायी बताउँछन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई यही स्वरोजगार बन्नको लागि सीप विकास र सहयोग गर्दै आएको छ । मानव अधिकार मञ्चले जर्मन सरकार र एडब्लुओको साझेदारीमा सामाजिक रूपान्तरणको लागि युवा कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस मार्फत ‘जिवीकोपार्ज तथा सुरक्षित आप्रवासन र स्व उद्यमशीलता युवा सशक्तीकरण समूहहरूको क्षमता विकास र परिचालन मार्फत मानव बेचबिखन विरुद्ध अभियान’ कार्यक्रम सञ्चालित छ । सुरुमा इलामको माई नगरपालिका र रोङ गाउँपालिकामा सञ्चालित कार्यक्रम पछि माइजोगमाई र चुलाचुली गाउँपालिकामा समेत थप भएको थियो । तीन वर्षदेखि सञ्चालित कार्यक्रम अन्तर्गत ३५६ जनाले सीप विकास तालिम लिएर उद्यम थालेको कार्यक्रमको संयोजक सन्तोष मगरले जानकारी दिए । कार्यक्रम अन्तर्गत ६६४ जनालाई उद्यमशीलता तालिम गराइएको थियो । सीप विकास तालिम लिएका मध्ये धेरै जनाले उद्यम गरिरहेको मगरले बताए । ‘तालिम लिएका मध्ये अधिकांशले तालिम अनुसारको व्यवसाय सञ्चालन गरिरहेका छन् ।’ 

 

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved