‘गरिब तथा असहायको : उपचार सहज छैन’

  • मंसिर २७, २०७९
  • सन्देश तिमल्सिना
alt

धरान /  राज्यले स्वास्थ्यका सर्वसाधारणको पहुँच पुर्‍यउने नीति निर्माण गरे पनि अझै पनि तथा सहायका लागि उपचार सहज छैन । यसको प्रत्यक्ष उदाहरण उदयपुरको ताप्ली गाउँपालिका रुपाटारका एक विरामीलाई लिन सकिन्छ ।

ताप्ली गाउँपालिका –४ रुपाटारका २७ बर्षिय रणमाया सार्कीको उपचारमा सहज नभए पनि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । करिब ८ महिना अघि रुखबाट लडेर घाइते सार्कीको हाल धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आर्थिक स्थिति कम्जोरका भएका रणमायाले सहजै उपचार गर्न पाएकी छैनन् । सहज उपचार नभएकै कारण उनका श्रीमान बम बहादुर सार्कीले सहज उपचारका लागि प्रतिष्ठानसँग आग्रह गरेका छन् । उपचारकै क्रममा रणमाया स्वास्थ्यका केही सुधार भए पनि पूर्ण रुपमा निको भने भएको छैन ।आर्थिक अभावकै कारण थप उपचार गर्न नसक्दा स्वास्थ्यमा पूर्ण सुधार आउन नसकेको उनका श्रीमान् बमबहादुरले बताए ।

उनले उपचार गर्ने खर्च नभएकै कारण धरान–९ स्थित अपाङ्ग पुर्णस्थापना असाय केन्द्रमा आश्रय लिएको बताए । उनले भने–‘धरानबाट रुपाटार पुग्न ६ घण्टा लाग्छ । घरबाट धाउन पनि कठिन भयो त्यही भएर असहाय केन्द्रमा शरण लिएर बसेका हो ।’
किसान खेती गर्ने सार्कीको परिवारको जीविकोपार्जनको आधार नै खेतिपाति रहेको श्रीमान् बमबहादुर बताउँछन् । उनले भने–‘ हाम्रो दुई सन्तान हुन्, एक छोरा र एक छोरीको शिक्षासँगै परिवारका अन्य सदस्यलाई पाल्नुपर्ने बाध्यता छ ।

उपचार खर्च नभएकैले अर्थिक सहयोगबाट उपचार गर्न सबैलाई आग्रह गरेका हौँ ।’
उनका अनुसार रुपाटार गाउँपालिका अध्यक्षले रणमायालाई उपचारको लागि २५ हजार रकम सहयोग गरेका थिए । तर उपचार गर्दा ६० हजार भन्दा बढी खच भएको बमबहादुर बताउँछन् । उनलाई मानव कल्याण सेवा समाजको पहलमा अपाङ्ग पुर्णस्थापना असाय केन्द्रले औषधि लगायत बस्न र खानको व्यवस्था गरेको थियो ।

अहिले उनलाई उदयुपर घर पठाइएको छ । मानव कल्याण सेवा समाजको अध्यक्ष अरमान अलीले विभिन्न संघ संस्था र व्यक्तिगत सहयोग मार्फत एम्बुलेन्स सम्पर्क गरेर घर पठाएको बताए

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved