विश्वकप २०२२ : सेमिमा पुगेका टिमको चर्चा परिचर्चा चुलिँदै

  • मंसिर २७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  अहिले फिफा विस्वकप फुटबलको माहौल छ । ३२ राष्ट्रहरु सहभागी यस प्रतियोगिताले नेपाली खेलप्रेमीहरुमाझ पनि बेग्लै माहौल बनाएको छ । आफूले समर्थन गर्ने राष्ट्रको जर्सी, झण्डा प्रयोग मात्र होइन, चर्चा नै विश्वकपको हुने गरेको छ ।

कतारमा जारी फिफा विश्वकपले सर्बै उमेर समूहमा मानिसहरु विश्वकपले ध्यान आकर्षित गर्नुका साथै विश्वकप लक्षित सामाग्री बिक्री पनि भइरहेको छ ।चार बर्षको अन्तरमा आयोजना हुने विश्वकप फुटबलले विश्वका अधिकांश राष्ट्रका खेलप्रेमी ध्यान केन्द्रित गर्ने गरेको छ ।

नोभेम्बर २० देखि कतारमा आयोजना भइरहेको विश्वकप फुटबल प्रतियो्गिता २०२२ ले नेपालमा पनि यसले प्रभाव पारेको छ । होटल रेष्टुरेन्टहरुमा विश्वकपमा सहभागी राष्ट्रहरुको झण्डा राख्ने, सामुहिक बसेर खेल हेर्ने देखि लिएर सामुहिक कुराकानीमा पनि विश्वकपको सन्दर्भ जोडिने गरेको छ । यतिमात्र होइन, आफूले समर्थन गरेको राष्ट्रको जर्सी लगाउने, सवारी साधनमा झण्डा राखेर घुम्ने गरेको पाइएको छ । खेलप्रेमीहरुले फुटबलप्रतिको चासोका कारण नेपाल विश्वकपमा सहभागिता नभए पनि आफूले समर्थन गरेको अन्य राष्ट्रकै समर्थनमार्फत खेलको मनोरञ्जन लिने गरेका छन् ।

विगतका विश्वकप विजेता टिम बाहिरिनु र नयाँ टिमले खेल सुधार गरेर दाबेदारको रुपमा देखिनुले विश्वकप अझ रोमाञ्चित बन्दै गएको धरान १४ का सुनिल निरौलाले बताए । शुरुदेखि नै अर्जेटिनाको सपोर्ट गर्दै आएका निरौला यसपटक अर्जेटिनाले गरेको प्रदर्शनमा सन्तुष्ट देखिन्छन् ।

उनी भन्छन्–‘म पहिलादेखि नै विश्वकपमा अर्जेटिनाको सपोर्टर हो, पहिलो गेम साउदीसँग हार्दा केही निराश भए, पछिल्लो गेम सुधार्र्दै सेमी फाइनलमा प्रवेश गरेपछि म हौसिएको छु ।’ उनले अर्जेटिनाले सेमी फाइनलसम्मको यात्रा तय गरेको प्रति खुशी व्यक्त गर्दै यसपटकको विश्वकपको उपाधि पनि अर्जेटिनाले उचाल्नेमा विश्वास व्यक्त गर्छन् ।

खेलमा राम्रो सुुधार गरेर प्रतिष्पर्धाका रुपमा देखिएका नयाँ टिमले विश्वप विजेता बन्नुपर्छ भन्ने मान्यता केही युवाहरुले बोकेको देखिएको छ । धरान १५का सुमन राई भन्छन्–‘अघिल्लो वल्र्डकप जस्तो पुराना तथा विगतका विजेता टिमहरुले सोचेजस्तो प्रदर्शन गरेका छैनन्, अहिले मोरोक्को र क्रोएसिया स्ट्रोङ टिम भएर आएका छन्, यी दुईमध्ये एकपटक वल्र्डकप जित्नुपर्छ ।’ कतिपयले वल्र्डकपलाई चाडको रुपमा लिएका छन् । यो समयमा धेरैले काम छोडेरै हेर्ने गरेको पाइएको छ ।

पुरान टिम जर्मन, स्पेन, ब्राजिल जस्ता बलिया टिम पराजित हुँदा भने खेल रोमाञ्चित नहुने हो भन्ने लागे पनि अहिले सेमी फाइनलमा आएका टिमीहरुका खेलाडीहरुले राम्रो प्रदर्शन गर्दा खेल हेरु हरु जस्तो भएको युवाहरु बताउँछन् ।

धरान १५ का सविन बस्नेतले यस पटकको प्रतियोगिता अत्यन्तै रोमाञ्चित भएको बताए । उनले भने–‘यसपटक आफूले सोचेको भन्दा फरक टिम सेमीमा आएका छन्, सबै टिम उत्तिकै मजबुत छन्, यसपटकको फाइनल खेल रोमाञ्चित हुन्छ भन्ने मलाई लागेको छ ।’

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved