विराटनगरमा हातपात गर्ने तस्करी पक्राउ

  • मंसिर २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / भारतबाट तस्करी गरेर नेपाल भित्र्याएको लत्ता कपडा नियन्त्रण गर्ने क्रममा भन्सारका कर्मचारीमाथि हातपात गर्ने एक जनालाई पक्राउ गरिएको छ ।

विराटनगर १५ विराटनगर भन्सार कार्यालयको तीन नम्बर गेटमा भारतबाट तस्करी गरेर ल्याएको लत्ताकपडा नियन्त्रण लिन खोज्दा भन्सारका कर्मचारीमाथि नै हातपात गरेपछि तस्कर समूहका एक जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का २९ वर्षीय मोहम्मद सदाम मिया रहेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीकाका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले अनुसार भन्सार कर्मचारीमाथि अभद्र व्यवहार गर्दै हात पात गर्न खोजेपछि उनलाई सोमबार पक्राउ गरिएको बताए । उनका अनुसार शुक्रवार राती साढे १० बजे विराटनगर महानगरपालिका–१५ को भन्सार कार्यालयको ३ नम्बर गेटबाट भारतदेखि भन्सार छलेर सामान नेपालतर्फ ल्याउर्दै गरेको सूचनाको आधारमा विराटनगर मूल भन्सार कार्यालयबाट ७ जनाको कर्मचारीहरू खटिएका थिए ।

भन्सारी छली गरेर ल्याइएको लत्ता कपडा नियन्त्रणमा लिन खोज्दा तथानाम गाली गरी सामान र सवारी साधन भगाएका थिए । सोमबार उनलाई पक्राउ गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रवक्ता डिएसपी श्रेष्ठले बताए ।

उनलका अनुसार मियाले तस्करी गरेर ल्याएको ४ लाख बराबरको लत्ता कपडा, उनले प्रयोग १ च २२३५ नम्बरको सवारी साधन बरामद भएको छ । सो सामानको मूल्य १ लाख ५० हजार मूल्य बराबरको भएको भन्सार कार्यालयले जनाएको छ ।

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved