पूर्वाञ्चलमा टेक फेस्ट आयोजना हुने

  • मंसिर २७, २०७९
  • कोशीपत्र/संवाददाता
alt


धरान : इङ्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरानको कम्प्युटर संकायको विद्यार्थी समाज (एसेस)ले बृहत् टेक्निकल फेस्ट एसेस ५ आयोजना गर्ने भएको छ । एसेस टेक फेस्टको पाँचौँ संस्करण पुस ३ गतेबाट ६ गते सम्म चल्ने आयोजकले बताएको छ ।

काठमाडौँबाहिर रहेको इन्जिनियरिङ क्याम्पसमध्ये पूर्वाञ्चल क्याम्पस पूर्वको केन्द्र धरानमा अवस्थित जिम्मेवारी प्राविधिक संस्थान भएकोले शिक्षा र प्रविधिको परिधिलाई बृहत्तर बनाउने उद्देश्यले सुरु गरिएको आयोजकले बताए । एसेस टेक फेस्ट कार्यक्रमबाट दुई हजार बढी विद्यार्थीहरुले प्रत्यक्ष र अनलाईन मार्फत बिस हजारभन्दा बढी विद्यार्थीहरुले देशभरिबाट लाभान्वित हुने छन् । टेक फेस्ट कार्यक्रमा हुने विभिन्न अनलाइन इभेन्टमा देशभरिबाट भागलिन मिल्ने एसेसका अध्यक्ष रजिश खतिवडाले बताए । सो कार्यक्रमको आयोजना प्रभु बैँकले गर्ने पनि उनले बताए ।

विगत चार संस्करणको बृहत् सफलतापश्चात् यस वर्ष पनि पूर्वाञ्चलकै ठूलो टेक फेस्ट आयोजना गर्न लागेको खतिवडाले बताए । यस टेक फेस्टका मुख्य कार्यक्रमहरु ह्याकाथोन, लाइभ कोडिङ्ग, लाइभ डिबगिङ्ग, इआरसी क्वीज, कम्पिटिटिभ टाइपिङ्ग, आइडियाथोन, क्याप्चर द फ्लाग हुने छन् भने प्रि इभेन्टहरु प्रोग्रामिङ क्विज र डिजिटल आट कम्पिटिसन भइसकेका छन् । इभेन्टका विजेतालाई नगद, ट्रफी, गिफ्ट हेम्पर र प्रमाण पत्र लगायत उपहारहरुको व्यवस्था पनि रहेको छ । एसेसले गर्ने विभिन्न कार्यक्रम र इभेन्टका बारेमा थप जानकारी एसेसको फेसबुक पेज र वेबसाइटमार्फत् पनि लिन सकिने आयोजकले बताएको छ ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved