रंगेलीमा साप्ताहिक सरसफाई

  • मंसिर २७, २०७९
  • "रबिन्द्र बराल"
alt

रंगेली / अस्पतालजस्तो संवेदनशील क्षेत्रमा फोहोर हुन नदिन रंगेली अस्पताल परिषरभित्र साप्ताहिक रुपमा सरसफाई शुरु गरिएको छ । शनिवारबाट शुरु गरिएको सरसफाई गरिएको हो ।
रंंगेली नगपालिका ७ मा रहेको सो अस्पतालमा साप्ताहिक सरसफाई शुरु गरिएको अस्पताल सञ्चालक समितिले जनाएको छ । 

अस्पताल वरपर उम्रिएको झारपातले अस्पतालको वातावरणलाई प्रदूषित बनाएको भन्दै झारपात उखेल्ने र फोहोर व्यवस्थापन गर्ने काम समितिले गरेको छ ।
सरसफाइमा रंगेली नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, विभिन्न बडाका बडा अध्यक्ष, अस्पताल समितिका अध्यक्ष देवमणि कटुवाल, पुर्साेतम काफ्ले, अस्पतालका चिकित्सक , कर्मचारी, नेपाल प्रहरी, ससस्त्र प्रहरी, रंगेली नगर युवा क्लव, लगायतको उपस्थिति रहेको थियो ।

प्रत्येक साता शनिवार सरसफाई गरिने समितिका अध्यक्ष देवमणि कटुवालले बताए । उनले भने–‘विरामीको उपचार गर्ने अस्पताल फोहोरले आफै विरामी जस्तो नदेखियोस् भन्ने उद्देश्यले हामीले साप्ताहिक रुपमा सरसफाई कार्यक्रम शुरु गरेका हौं, यो प्रत्येक शनिवार निरन्तर चलिरहन्छ ।’

अस्पतालमात्र हैन रंगेली नगरपालिकाका सम्पूर्ण वडामा उपमेयरको संयोजक्तवमा सबै वडामा सातै दिन सरसफाइ अभियान सञ्चालन गर्न सरसफाई समिति निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

समितिले सातै दिन सरसफाइ गर्नेदेखि सडक तथा पेटिमा राखिएको सामाग्री र सडकमा जथाभावि छाडिएको छाडा चौपायालाई नियन्त्रण गर्ने नगरपालिकाकी उपमेयर भुमा पराजुलीले बताइन् । उनले भनिन्–‘ पछिलो समयमा सडकमा निर्माण सामाग्री राख्ने, चौपायालाई सडकका छाड्ने लगायतका काम हुँदा यसले दुर्घटना निम्त्याएकोले यसको नियन्त्रणमा पनि नगरपालिका लागेको छ, यसलाई निरन्तर रुपमा सञ्चालन गर्छौं ।’

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved