मेघाले लियो प्रवेश परीक्षा

  • साउन १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान–१२ को मेघा हिमालयन कलेजले कक्षा ११ मा भर्नाका लागि सोमबार प्रवेश परीक्षा लिएको छ । २०७८ मा एसईई दिएर उत्तीर्ण भएका विद्यार्थीहरू परीक्षामा सहभागी भएका हुन् ।
प्रवेश परीक्षामा ५ सय ७८ विद्यार्थी सहभागी भएको व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेमले जनाए । विद्यार्थीहरूको उत्साहजनक सहभागिताले आपूmहरूलाई उत्साही बनाएको उनको भनाइ छ । आफूहरूले प्रदान गरिरहेको गुणस्तरीय शिक्षाकै कारण मेघाप्रति विद्यार्थीहरूको यो आकर्षण देखिएको कलेजका प्रिन्सिपिल भाष्कर पौड्यालले बताए । ‘गुणस्तरीय शिक्षा नै हाम्रो मुख्य लक्ष्य हो’, प्रिन्सिपिल पौड्यालले भने, ‘यसमा कुनै सम्झौता हुँदैन ।’

megha

विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आफूहरूले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिने गरेको कलेजका प्रशासकीय निर्देशक कैलाश लिम्बूले बताए । विश्व बजारमा प्रतिष्पर्धी नागरिक उत्पादन गर्नु आपूmहरूको लक्ष्य भएको शैक्षिक संयोजक अर्जुन घिमिरेको भनाइ छ । गुणस्तरीय शिक्षाकै लागि आधुनिक उपकरणयुक्त विज्ञान प्रयोगशाला र कम्प्युटर पढ्ने विद्यार्थीका लागि पर्याप्त कम्प्युटरको व्यवस्था गरिएको उनको भनाइ छ ।

होटल म्यानेजमेन्टका विभागीय प्रमुख पोषण श्रेष्ठले मेघामा रहेको होटल म्यानेजमेन्टको प्रयोगशाला प्रदेशमै उत्कृष्ट भएको दावी गरे । झन्डै एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको प्रयोगशालामा तारे होटल स्तरको आकर्षक डिलक्स रुम, किचेन र रेस्टुरेन्ट रहेको श्रेष्ठले जनाए ।

मेघामा अहिले साइन्स, पूmड एन्ड न्युट्रिसन, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्रभेल एन्ड टुरिजम र कानुन विषयमा अध्ययन–अध्यापन भइरहेको कलेजका प्रिन्सिपल पौड्यालले बताए ।

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved