धरान मेघा रेवाहाङ बास्केटवल : उपाधि धरान मेघालाई

  • चैत २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर : विकाश राई चाम्लिङ

धरान । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको उपाधिमा आयोजक धरान मेघा कलेज आफैले कव्जा जमाएको छ । शनिवार भएको फाइनल खेलमा एम्सलाई ४८–३० अंकको अन्तरले सहज रुपमा पराजित गर्दै धरान मेघाले उपाधि माथि कव्जा जमाएको हो ।

धरान मेघाले पहिलो, दोस्रो र तेस्रो तिनै क्वाटरमा ८–४, १४–६ र १४–५ अंकको अन्तरले अग्रता लिएको थियो । चौथो क्वाटरमा भने १२–१५ अंकको फरक रहेको थियो । फाइनल खेलमा धरान मेघाको तर्फवाट युवाहाङ राईले व्याक्तिगत १४ अंक जोडे ।

उपाधि सँगै धरान मेघाले नगद पन्ध्र हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता एम्स कलेजले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राई, धरान मेघा कलेजका अध्यक्ष केलाश लिम्वु, नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ राईका वुवा एवं समाजवादी एसका धरान नगर अध्यक्ष रेवतिरमण राई, नेपाल ख्रिष्टीयन समाजका केन्द्रिय सचिव कुवेर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडि धरान मेघाका योगेश राई घोषित भए । उनले नगद एक हजार ५ सय रुपैया, ट्रफि र प्रमाणपत्र र कफि पव फुड भौचर प्राप्त गरे । प्रतियोगिताका अवधिभर व्यक्तिगत ५९ अंक जोड्दै हाइ स्कोररका उपाधि सियोन स्कुलका साहिल तामाङले जिते । उनले नगद एक हजार रुपैया, ट्रफि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरे । उदयीमान खेलाडीको उपाधि सियोन स्कुलका पारुहाङ राई घोषित भए । उनले ट्रफि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरेका छन ।

फाइनल खेल अघि कफि पव थ्री पोइन्ट कम्पिटिसन संपन्न भएको थियो । कफि पव थ्री पोइन्टको उपाधि भने धरान मेघा कलेजका गगन राई र योगेश राईले चुमेको छ । उनिहरुले एक मिनटमा समान ७÷७ बास्केट गर्दै उपाधि वाडेका थिए । उनिहरुले नगद दुई हजार रुपैया, ट्रफि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गरे ।

दिवंगत उदयमान बास्केटवल खेलाडि रेवाहाङ राईको स्मृतिमा चैत्र १५ गते देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता धरान मेघा कलेजको आयोजना, धरान बास्केटवल संघको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा संपन्न भएको थियो । प्रतियोगिताको सम्पुर्ण खेल आयोजक धरान मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न भएको थियो । 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved