शिक्षामा अर्काे ब्राण्डः धरान मेघा कलेज

  • पुस ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

● नतिजामुखी मात्रै होइन्, समाज पनि बुझाउँदै धरान मेघा

प्राज्ञिक व्यक्तिहरुद्वारा धरानमा वि.सं. २०६६ सालमा स्थापना भएको धरान मेघा कलेज परीक्षा नतिजाका दृष्टिले सुनसरी जिल्लाकै उत्कृष्ट कलेजका रुपमा स्थापित शैक्षिक संस्था हो । स्थापनादेखि नै आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्दै आएको कलेजले आधुनिक शिक्षण सिकाइ प्रणालीमा प्रयोगात्मकता र व्यवहारिकता भित्र्याइ प्रभावकारी शिक्षण गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा समेत नयाँ शैलीको प्रयोग गर्नु मेघा कलेजको विशेषता हो ।

1408340673megha (1)

शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीव्र प्रतिस्पर्धाको समय हो । यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूलाई अद्योपान्त स्थापित गराइराख्नमा मेघा कलेजका प्राज्ञिक व्यक्तित्व, प्राध्यापक, व्यवस्थापन पक्ष सबल र सक्षम हुनु नै हो । त्रिभूवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त मेघा कलेजलाई समयानुकूल शैक्षिक प्रणालीमा देखिएको परिवर्तनको अपेक्षाअनुसार अगाडि लाने उद्देश्यले मेघा कलेज अब नयाँ पुस्तामा हस्तान्तरण भएको छ ।

धरानका ‘योङ एण्ड एनर्जेटिक’ एकेडेमिक व्यक्तित्वहरूको व्यवस्थापनमा धरान मेघा कलेज आइपुगेको छ । विज्ञान र प्रविधिको नयाँ आयामसँग साक्षात्कार युवाहरूद्वारा सञ्चालित मल्टिमिडिया प्रेजेण्टेसनद्वारा अध्यापन गराइने कलेज जिल्लाकै पहिलो शैक्षिक संस्था हो । वि.सं. २०७३ सालदेखि नयाँ पुस्तामा हस्तान्तरण भए पछि धरान मेघा कलेजले नयाँ व्यवस्थापनमा आएको दोस्रो वर्षमै बीबीएसतर्फ धरानकै सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल भयो ।

कलेजमा प्लस टु तर्फ साइन्स, फुड न्युट्रिसियन र डायटिसियन, कम्प्युटर साइन्स, मेनेजमेन्ट (कमर्श) र होटल मेनेजमेन्ट अध्यापन गराईरहेको छ भने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई बिबिएसको अध्यापन गराउदै आएको छ । बीबीएसमा दोस्रो वर्षमै धरानमा उत्कृष्ट नतिजा ल्याउन सफल मेघा कलेज ‘प्लसटु’ तर्फ विभिन्न स्थानीय विद्यालय सँग सहकार्य समन्वय गर्दै आएको छ । विभिन्न विद्यालयका संचालकहरुको सामुहिक सहकार्य र लगानीमा धरान मेघा कलेज संचालनमा छ ।

mega collage

प्लसटु र बीबीएसतर्फ धरान मेघा कलेजले शैक्षिक क्रियाकलापमा मात्र होइन अतिरिक्त क्रियाकलाप र सहकार्यकलापमा समेत वैज्ञानिक र आधुनिक प्रविधिको प्रयोगलाई जोड दिएको छ । मल्टिमिडिया क्लास र अनिवार्य कोचिङ क्लाससँगै विषय विशेषज्ञ (गेस्ट लेक्चरर) हरु द्वारा अध्यापनको व्यवस्था गरेको छ । जसले कोर्षभन्दा बाहिरका अनुभवका विषयलाई विद्यार्थीसँग ‘सेयरिङ’ गर्दछ । हाइकिङ, एजुकेश्नल टुर, इन्डस्ट्रियल टुर, विजनेश टुर पनि मेघा कलेजका विशेषता हुन् । ‘यी सहकार्यकलापले विद्यार्थीमा ज्ञानको दायरा फराकिलो पार्ने गर्दछ । मेघा कलेजले विद्यार्थीको रुचीअनुसार अतिरिक्त कृयाकलाप र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

परीक्षा प्रणालीको दृष्टिले समेत मेघा कलेजले आफूलाई अद्यावधिक राखिरहेको छ । मासिक परीक्षा सञ्चालन गर्नु, विद्यार्थीलाई पृष्ठपोषण प्रदान गर्नु र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा निकाल्नु मेघाको थप विशेषता हो । कलेजका अभिभावक र शुभचिन्तकसँग समेत बारम्बार साक्षात्कार गरी विद्यार्थीहरुको रुची, क्षमता र आवश्यक्ताका बारेमा प्रतिक्रिया लिनु मेघा कलेजको एउटा राम्रो पक्ष हो । यसबाट विद्यार्थीको शैक्षिक रुचीमात्र नभएर उनीहरूको आवश्यक्ताका बारेमा समेत कलेजले जान्ने प्रयास गरेको हुन्छ ।

कलेजको इतिहासलाई हेर्दा शैक्षिक क्रियाकलाप र सहकार्यकलापमा मात्र होइन अतिरिक्त क्रियाकलापमा समेत अब्बल छ । खेलकुदको क्षेत्रमा प्रतिनिधित्व गर्ने शैक्षिक संस्थामा यो कलेज सुनसरीकै सर्वोत्कृष्ट हो । खेलक्षेत्रमा धरानको प्रतिनिधित्व गर्ने अधिकांश विद्यार्थीसमेत मेघा कलेजकै उत्पादन हुन् । कलेजले धरानका प्रतिष्ठित ए क्लास का बैंकहरुमा नियमित इन्टर्नसिपको व्यवस्था गर्दै आएको छ । मेघा कलेजका विद्यार्थीलाई अब किताबमा मात्र होइन, प्रेजेन्टेशनमा, अतिरिक्त क्रियाकलापमा, सामाजिक उत्तरदायित्वमा अगाडि आएको देख्न सकिन्छ ।

विज्ञान प्रविधिको उच्चतम प्रयोग गरी विश्वस्तरीय शिक्षण सिकाइ क्रियाकलाप गरिरहेको कलेजले विद्यार्थीलाई नतिजामुखी मात्र बनाउँदैन यसले सामाजिक आवश्यक्तालाई बुझ्नसमेत सहयोग गरिरहेको छ ।

megha_online

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved