धरानमा सालनालसहित नवजात शिशुको शव फेला  बच्चा जन्माएर छाडेको आरोपमा २० वर्षीया युवती पक्राउ

  • कार्तिक १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित कार्कीछाप जंगलमा सालनालसहित नवजात शिशु मृत अवस्थामा फेला परेको छ।

शिशु जन्माएर जंगलमा बेवारिसे अवस्थामा छाडेको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार कात्तिक ६ गते साँझ ५ बजेर १० मिनेटको समयमा स्थानीयले जंगलमा सालनालसहितको बच्चा मृत अवस्थामा रहेको भन्दै प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी नायब उपरीक्षक भीषणबाबु राईको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो।

कानुनी प्रक्रिया पूरा गरी साँझ ६ बजेर १० मिनेटमा नवजात शिशुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित घोपामा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीको थप अनुसन्धानका क्रममा धरान–११ निवासी २० वर्षीया सुहाना लिम्बूले उक्त बच्चा आफूले जन्माएर छाडेको स्वीकार गरेकी छन्।

उनलाई साँझ ७ बजेर २५ मिनेटमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कारागारबाट उपचारका ल ...

धरान/ जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका २ ...

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved