मेघा कलेजद्वारा धरानका उत्कृष्ट विद्यार्थीलाई सम्मान

  • फागुन २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयका विद्यार्थीहरूलाई धरान–१२ चतरलाइनस्थित मेघा कलेजले सम्मान गरेको छ ।
कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो । मेघा कलेजले धरान उपमहानगरभित्रका ६ वटा विद्यालयका ६ जना विद्यार्थीहरूलाई खदा र उपहारसहित सम्मान गरेको हो । विद्यार्थीहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको हिमालयन मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।

सम्मानित हुने विद्यार्थीहरूमा चिराग श्रेष्ठ, मेनुका दर्जी, सपना चाम्लिङ, सदीक्षा गुरागाईं, डम्बरकुमारी खत्री र ज्योति सोनाका छन् । उनीहरू आफ्नो विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् । कार्यक्रममा कलेजका बीबीएस कोअर्डिनेटर चन्द्र वनेम, एकेडेमी डाइरेक्टर अर्जुन घिमिरे, फाउन्डर मेम्बर दीपेन्द्र यादव, जीवन न्यौपानेलगायत अन्य विद्यार्थीहरूको उपस्थिति थियो ।

कलेजले बीबीएस पहिलो वर्षका लागि शनिबार नै पहिलो चरणको प्रवेश परीक्षा पनि सम्पन्न गरेको छ ।व्यवस्थापन सङ्कायमा प्लस टु उत्तीर्ण गरिसकेका विद्यार्थीहरूलाई बीबीएस पहिलो वर्षमा नयाँ भर्नाका लागि लिइएको प्रवेश परीक्षामा १ सय ५० जनाभन्दा बढी विद्यार्थीहरू सहभागी भएको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले जानकारी दिए । छुटेका अन्य विद्यार्थीहरूका लागि पनि चाँडै दोस्रो चरणको प्रवेश परीक्षा राखिने उनले बताए ।

 

 

 

 

20210213_132024 20210213_134154 20210213_132331 20210213_134135

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved