शैक्षिक हवको साख फर्काउँदै धरान मेघा कलेज पहिलो पटक प्लस टु तहमै फुड एण्ट न्युट्रिसियन, होटल म्यानेजमेन्ट पढाई

  • असार १७, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान / केही वर्ष अघि सम्म नेपालकै शैक्षिक हबको रुपमा धरानलाई हेरिन्थ्यो । देशका विभिन्न जिल्लाबाट धरानमा गुणस्तरिय शिक्षाका लागि विद्यार्थी आउने गर्दथे । पछिल्लो केही वर्ष यता धरानका विद्यार्थीहरु काठमाण्डौं धाउन थालेका छन् । विद्यार्थीहरु मात्रै होइन्, प्राध्यापकहरु पनि काठमाण्डौंमै पुगेर अध्यापन गराउने क्रम बढ्दै गएको छ ।

काठमाण्डौं केन्द्रित शिक्षालाई मोफसलमै स्थापित गराउन अहिले धरानको धरान मेघा कलेज नयाँ योजनाका साथ आएको छ । लामो समय सम्म अध्यापनको अनुभव लिएका शिक्षकहरुबाट धरानमै गुणस्तरिय शिक्षाका लागि अघि बढेको छ ।
एकै थलोमा विद्यालय तह देखि ब्याचलर सम्मको अध्ययन गराउन थालेको छ । हिमालय बोर्डिङ, तत्कालिन मेघा कलेजलाई एकै ठाउँ मर्ज गरेर धरान मेघा कलेज स्थापना गरेको छ । गुणस्तरिय शिक्षामा प्रतिबद्ध भएर प्रदेश १ मै धरानलाई शैक्षिक हबको रुपमा पहिचान गराउन कजेल प्रतिबद्ध रहेको छ ।

सरकारले ल्याएको निति अनुसारनै मर्ज प्रक्रियाबाट शिक्षा क्षेत्रलाई गुणस्तरिय बनाउन धरानका अनुभवि शिक्षकहरुको समुह बनेको कजेलका प्रध्यानाध्यापक भास्कर पौडेल बताउँछन् । पौडेल आफै पनि धरानका स्थानीय हुन् । उनले काठमाण्डौं देखि धनगढी, विराटनगर सम्मका कलेजहरुमा अध्यापन गराइसकेका छन् । २० वर्षको अनुभवलाई धरानमा उपयोग गर्ने उनको लक्ष्य रहेको छ । सस्तो दरमा गुणस्तरिय शिक्षाका लागि तिन वटा संस्थालाई मर्ज गरिएको उनको भनाई छ ।

कक्षा १० उत्तिर्ण गरे पछि विद्यार्थीहरु काठमाण्डौं गएर अध्ययन गर्नु पर्ने बाध्यात्मक अवश्थालाई चिर्दै स्थानीय तहमै गुणस्तरिय शिक्षा पाउन सकिन्छ भन्ने सन्देश दिन खोजेको उनी बताउँछन् । कलेजले आवश्यक परेको खण्डमा काठमाण्डौंबाटै शिक्षक मगाएर शिक्षा प्रदान गर्न सक्नेछ । उनी भन्छन्, ‘ठुलो समुह काठमाण्डौं गएर पढ्नु भन्दा एक जना शिक्षक यहाँ बोलाएर अध्यापन गराउँदा खर्चमा पनि कटौति हुन्छ, अभिभावकहरुलाई मार पर्दैन् ।’ अध्यापन क्षेत्रमा अनुभव भएका २२ जनाको टिमले कलेज सञ्चालन गरेका छन् । अधिकांश संचालकहरु लामो समय देखि अध्यापनमै अनुभव लिएका छन् ।
कलेजले व्यवहारीक शिक्षालाई जोड दिएको छ । उनी भन्छन्, ‘विद्यार्थीहरुलाई आफुले पढेको विषय के का लागि हो भन्नेनै थाहा हुँदैन, कक्षा पास गर्ने पर्छ भन्ने मात्रै हुन्छ, हामी उनिहरुको परिणाम मुखी शिक्षामा जोड दिन्छौं, जुन विषय लिएर पढ्दैछन्, त्यसमा काउन्सीलिङ गर्छौ, उनीहरुले रोजेका विषयको बारेमा सकारात्मक पक्ष, नकारात्मक पक्षहरु बुझाउँछौं, त्यस पछि मात्रै रोजेको विषय पढ्ने सल्लाह दिन्छौं ।’
कलेजले प्रयोगात्मक कक्षाहरुमा विशेष जोड दिएको उनको भनाई छ । विद्यार्थीहरुले अध्ययन सकिने बितिकै विषयगत क्षेत्रमा काम गर्न सहज हुने वातावरण तयार गरिने उनी बताउँछन् । कलेजले विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षामा जोड दिदै विशेष किसिमको ल्याबको व्यवस्था गरेको छ । फिल्ड भिजिटमा पनि जोड दिने भएको छ । कलेजले प्लस टु तहमै पहिलो पटक विज्ञान विषय अन्तर्गत फुड एण्ड न्युट्रिसियन नयाँ विषय थपेको छ । धरान स्थित केन्द्रिय प्रविधि क्याम्पस हात्तीसारमा ब्याचलर लेभलमा मात्रै अध्ययन हुँदै आएको फुड एण्ड न्युट्रिसियन विषय प्लस २ मै अध्ययन गर्न सक्ने भएका छन् । अहिले अभिभावक तथा विद्यार्थीहरुको चासो पनि बढ्दै गएको छ । प्लस टु तहमै फुड एण्ड न्युट्रिसियन अध्ययनले ब्याचलर लेभलमा कोर्ष पुरा गर्न सहयोग पुग्ने उनको भनाई छ । ल्याबमा वेशिक ज्ञान पनि लिने भएकाले ब्याचलर तह उनीहरुको लागि सहज हुने उनी बताउँछन् ।
त्यस्तै कलेजले प्लस टु तहमै होटल मेनेजमेन्ट विषय पनि थपेको छ । ब्याचलर तह मात्रै पढाइ हुँदै आएको होटल मेनेजमेन्ट प्लस टु बाटै शुरु गर्न सकिने भएको छ । आउँदो वर्षमा बिएचएम कार्यक्रम थप्दा समेत हुने गरीको अत्याधुनिक ल्याब निर्माण गरेको छ । मेनेजमेन्ट विषयमा कम्प्युटर साइन्सको समेत व्यवस्था गरिएको छ । ब्याचलर तहमा बिबिएस मात्रै अध्यापन भइरहेको कलेजमा आगामी वर्ष बिबिए पनि पढाई संचालन गरिने तयारीमा छ ।
कलेजले प्रमुख प्राथमिकता नै गुणस्तरिय शिक्षालाई दिएको छ । त्यसैले पनि शिक्षकहरु पनि गुणस्तरिय रहेका छन् । प्रधानाध्यापक पौडेल भन्छन्, ‘हाम्रो प्रमुख ध्याननै त्यही छ, शिक्षक आफै गुणस्तरीय भएनन् भने उ बाट उत्पादित विद्यार्थी गुणस्तरीय नहुन सक्छ, त्यसैले हामीले शिक्षक छनौटमा विशेष ध्यान दिन्छौं, धरानभरीका विद्यालयहरुको तुलनामा हामी गुणस्तरको विषयमा कुनै प्रकारको सम्झौता गर्नै छैनौं ।’
कलेजले विद्यार्थीहरुका लागि राज्यले बनाएको निति अनुसारको छात्रवृत्तिको साथमा विद्यार्थीको अवश्था, उसको कुनै पनि विधाको अब्बलता हेरेर पनि छात्रवृत्ति प्रदान गरिने उनले बताए । काठमाण्डौं जानुपर्ने अवश्थाबाट मुक्त भएर आफ्नै आँखा अघि राखेर गुणस्तरिय शिक्षाका लागि अभिभावकहरुलाई उनको आग्रह छ । धरानमै दक्ष शिक्षकहरु भएकाले विद्यार्थीहरुलाई बाहिर नपठाउन उनको भनाई छ ।

mega collage

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved