मेघा कलेजका विद्यार्थीहरू जातीय पहिरनमा रमाए

  • पुस १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान मेघा कलेज (हिमालयन स्कुल) मा आइतबार बिहान बेग्लै चहलपहल थियो । सबै विद्यार्थी र शिक्षक–शिक्षिकाहरू आ–आफ्नो जातीय पोशाकमा सजिएर आएका थिए । साँच्चै त्यहाँ नेपालको सांस्कृतिक विविधता प्रस्ट देखिँदै थियो ।

कलेजले त्यस दिन ‘कल्चरल डे’ (सांस्कृतिक दिवस) का रूपमा मनाउने घोषणा गरेको थियो । यसै कारण विद्यार्थी र शिक्षक–शिक्षिकाहरू जातीय पोशाकमा ठाँटिएर आएका थिए । अरू बेला विदेशी पोशाकमा देखिनेहरू पनि त्यस बेला जातीय पोशाकमा सजिएका थिए । मौलिक जातीय पहिरनमा सबैजना निकै खुलेका थिए ।

मौलिक जातीय पहिरनमा आउने विद्यार्थी र शिक्षक–शिक्षिकालाई कलेजले पुरस्कृत पनि गरेको थियो । जातीय पहिरनप्रति आकर्षण बढाउन र त्यस्ता पहिरन लगाउनेलाई प्रोत्साहन प्रदान गर्न पुरस्कृत गरिएको कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जनाए । पुरस्कृत हुनेहरूमा छात्रातर्पm बीबीएस प्रथम वर्षकी सपना चामलिङ राई उत्कृष्ट भइन् भने कक्षा ११ की रिया इङ्नाम लिम्बूले रनर अप भइन् । यस्तै छात्रतर्फ बीबीएस प्रथम वर्षकै दीपेश राई उत्कृष्ट भए भने रनर अपको स्थान कक्षा ११ का प्रश्न मगरले सु्रक्षित गरे । शिक्षक–शिक्षिकाहरूमध्ये प्रज्ज्वलिता श्रेष्ठ पुरस्कृत भइन् ।

268791833_601269051170154_445824389567822169_n 265608261_289651629789304_5387764253816429490_n 269855976_260502649513138_1894064277779165701_n 269947121_319027503445239_22211794861252812_n 269990004_4955058414588555_284649136155993831_n

जातीय संस्कृति, पहिचान र वेशभूषाको संरक्षणमा थोरै भए पनि सकारात्मक योगदान दिन कलेजले ‘सांस्कृतिक दिवस’ मनाउन थालेको कलेजका बीबीएस संयोजक चन्द्र वनेमले जनाए । ‘अब कलेजले यो कार्यक्रम बर्सेनि आयोजना गर्ने छ’, वनेमले बताए, ‘विद्यार्थीहरूमा राम्रै प्रभाव परेको अनुभव ग¥यौँ ।’ विद्यार्थीहरू पनि निकै उत्साहित देखिएका थिए ।

छात्रातर्फ उत्कृष्ट पुरस्कार हात पार्ने राईले पश्चिमी संस्कृतिको अतिक्रमणबाट नेपाली संस्कृति लोप हुँदै गरेको बेलामा कलेजले राम्रो कार्यक्रम गरेको धारणा राखिन् । ‘ममात्र होइन, हामी सबै विजेता हौँ ।’ उनको भनाइ छ । जातीय पोशाकमा ठाँटिएर आएका विद्यार्थीहरू मौलिक नाचगान प्रस्तुत गर्दै रमाएका थिए ।

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved