मेघा कलेजका विद्यार्थीहरद्वारा पुनस्थापना गृहलाई सहयोग

  • जेठ २७, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान-१२ चतरालाईन स्थित धरान मेघा कलेजका बि.बि.एस.प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुले आर्थिक सन्कलन गरेर छाताचोक स्थित पुनस्थापना गृहलाई बिहिबार खाद्यान्न सामग्री बितरण गरेका छन।

बिद्यार्थीहरुले केन्द्रका सन्चालक भिम बहादुर राईलाई १ सय २५ किलो चामल, ५ किलो दाल, १ कार्टुन तेल, ४ किलो नुन, ५ किलो न्युटेला र १ कार्टुन बिस्कुट गरि १२ हजार ७५ रुपैया बराबरको खाद्य सामग्री बितरण गरे।

यस अघि कलेजमा सचेत नागरिक समूह धरान-१७ र धरान मानव कल्याण समाजलाई क्रमशस् ५-५ हजार हस्तान्तरण गरिएको छात्रा सपना राईले जानकारी दिइन।सचेत नागरिक समुहले बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा रहेका बिमारीका कुरुवाहरुलाई खाना खुवाउदै आइरहेको छ।

त्यस्तै धरान मानव कल्याण समाजले सडक मानव र सडक बालबालिकाहरुलाई खाना खुवाउदै आईरहेको छ।यो माहामारीको समयमा बिद्यार्थीहरुको पनि सामाजिक दायित्व हुन्छ भन्ने कुरालाई हृदयङ्गम गरि साथिहरुका घर घरमा गएर अभिभावकलाई भेटी आर्थिक सन्कलन गरेर सहयोग गरेको छात्रा सपना राईले बताईन।

बिद्यार्थीहरुले स्वतस्स्फुर्त रुपमा आर्थिक सन्कलन गरेर माहामारीको समयमा सहयोग गर्छौ भने पछि कलेजले समन्वय गरेर हौसला दिएको कलेजका सम्योजक चन्द्र वनेमले जानकारी दिए। बिद्यार्थीहरुको सहयोग गर्ने सोचलाई सम्मान गर्दै हामिले समन्वय गर्यौस शैक्षिक निर्देसक अर्जुन घिमिरेले भने।

हस्तान्तरण कार्यक्रम पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरि सम्पन्न गरिएको शैक्षिक निर्देसक घिमिरेले जानकारी दिए। हस्तान्तरण कार्यक्रममा धरान मेघा कलेजका प्रीन्सिपल भास्कर पौडेल र आईडियल नोर्डिङ स्कुलका प्रीन्सिपल सागर खड्काको उपस्थिती रहेको थियो।

IMG-20210610-WA0000 IMG-20210610-WA0003 received_131806478951313 received_991077181633269

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved