मेघाद्वारा बास्केटबल खेलाडीहरूलाई छात्रवृत्ति प्रदान

  • फागुन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  धरान–१२ को हिमालयन मेघा कलेजले बास्केटबल खेलाडीहरूलाई चारवर्र्षे बीबीएस अध्यनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।
धरान बास्केटबल सङ्घ, सुनसरी बास्केटबल सङ्घ, कलेजका पदाधिकारी, खेलाडीका अभिभावक र खेलाडीबीच शुक्रबार यससम्बन्धी लिखित सम्झौता भएको छ । कलेजले धरानका नौजना खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । उनीहरू भर्खरै १२ कक्षा उत्तीर्ण भएका विद्यार्थी हुन् ।

छात्रवृत्ति प्राप्त गर्ने खेलाडीहरूमा सरोज राई, अभिमान राई, सन्दीप राई, विधान राई, मौसम राई, सन्तोष तामाङ, सविन राई, दिवस राई र एमन राई छन् । उनीहरूलाई बास्केटबल सङ्घले सिफारिस गरेको हो । यसअघि अभिमान राई, एमन राई, सन्तोष तामाङ, दिवस राईलगायतले कक्षा ११ र १२ मा समेत छात्रवृत्ति पाएका थिए ।

सङ्घको पहलमा एक दशक अघिदेखि नै छात्रवृत्ति दिने गरिएको बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले बताए । विद्यार्थीहरूमा भएको अतिरिक्त क्षमता तथा क्रियाकलापलाई प्रोत्साहन गर्न कलेजले छात्रवृत्ति योजना ल्याएको कलेजका अध्यक्ष कैलाश लिम्बूले वताए । कलेजले बास्केटबलमात्र नभएर अन्य क्षमता भएका विद्यार्थीहरूलाई पनि प्रोत्साहन गर्ने गरेको उनले जनाए ।
कार्यक्रममा कलेजका बीबीएस कोअर्डिनेटर चन्द्र वनेम, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, प्रदेश १ बास्केटबल टिम कप्तान नवीन राई, प्रशिक्षक रन्जित लिम्बू, हेमन राई, युगल लिम्बूलगायत उपस्थित थिए ।

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved