मेघा कलेजको कार्यक्रम इलामको फिक्कलमा

  • मंसिर १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानको मेघा कलेजले आफ्ना विद्यार्थीहरूका लागि स्वागत र विदाइ कार्यक्रम इलामको पर्यटकीय स्थान फिक्कलमा सम्पन्न गरेको छ । मङ्गलबार गएको टोली कार्यक्रम सकेर बुधबार मात्र धरान फर्किएको छ ।

कार्यक्रममा बीबीएस पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको थियो भने बीबीएस चौथो वर्षका बिद्यार्थीहरूलाई विदाइ गरिएको थियो । कार्यक्रममा बीबीएस दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरू पनि सहभागी थिए । करिब एक घण्टा लगाएर विद्यार्थीहरूले नै तयार पारेको अस्थायी मञ्चमा कार्यक्रम गरिएको थियो ।

कलेजकै चारवटा बस कलेजका प्रशासक, विद्यार्थी र अध्यापकहरू बोकेर मङ्गलबार बिहान त्यसतर्फ गएको थियो । बसमै राखेर लगिएका सामग्रीबाट विद्यार्थीहरूले फिक्कलको प्राकृतिक दृश्यलाई पृष्ठभूमि बनाएर मञ्च बनाएका थिए । कलेजका एडमिनिस्ट्रेटिभ डाइरेक्टर कैलाश लिम्बू, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम, सञ्चालकद्वय प्रभास राजवंशी र सागर खड्का तथा अध्यापकद्वय ज्योति थापा मगर र करण श्रेष्ठले विद्यार्थीहरूलाई खदा र अबिर लगाइदिएका थिए ।

262609778_960804041202953_9078897824534971464_n 263101104_169481708679605_3213357776571859674_n 263156329_479726126798907_2988248659219535301_n 262671879_375375461054900_1136130270883089826_n

बिद्यार्थीहरूलाई फरक स्थान र फरक परिवेशको अनुभूति दिँदै स्वागत र विदाइ गर्न प्राकृतिक सौन्दर्ययुक्त पर्यटकीय क्षेत्रमा कार्यक्रम गरिएको एडमिनिस्ट्रेटिभ डाइरेक्टर लिम्बूले बताए । सधैँ एउटै ठाउँमा एकै किसिमले गर्नुभन्दा रमणीय ठाउँमा कार्यक्रम गर्दा एकदमै फरक र रमाइलो अनुभूति भएको बीबीएस पहिलो वर्षकी छात्रा सपना राईले बताइन् ।

दुईदिने कार्यक्रममा स्वागत र विदाइका साथै नेपालकै प्रसिद्ध पर्यटकीय स्थल श्रीअन्तुको भ्रमणसमेत गराइएको कोअर्डिनेटर वनेमले जनाए । फिक्कलमा कार्यक्रम सकेर मङ्गलबार साँझ श्रीअन्तुको घरवासमा बसी भोलिपल्ट अन्तुडाँडाबाट सूर्योदयको रमणीय दृश्यावलोकन गरिएको सञ्चालक सागर खड्काले बताए । अर्का सञ्चालक राजवंशीले विद्यार्थीहरूलाई फरक अनुभूति गराउन प्राकृतिक क्षेत्रमा कार्यक्रम राखिएको सुनाए । अन्तुडाँडाबाट देखिएको सूर्य उदाउँदै गरेको दृश्यले मन साँच्चै रोमाञ्चित भएको बीबीएस दोस्रो वर्षकी छात्रा श्वेता भुजेलको अनुभव छ ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved