मेघाका विद्यार्थीद्वारा मन्दिर सरसफाई

  • असोज २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कलेजको सामाजिक दायित्व निर्वाह गर्न र बिद्यार्थीहरुलाई सामाजिक कार्यमा संलग्न गराउदै धरान स्थित मेघा–हिमालयन कलेजले शुक्रबार दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गर्नुका साथै बिद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाई गरेका छन ।

दन्तकाली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र बुढासुब्बा मन्दिरका पुजारी अशोक आले मगरलाई कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे, प्रीन्सिपल भास्कर पौडेल लगायतले १÷१ थान डस्टविन हस्तान्तरण गरे । कलेजका बिद्यार्थीहरुले मन्दिर परिसरको सरसफाई गरे । दर्सनार्थीहरुले पुजा आजा गर्न आउदा हुने फोहोर मैलालाई ब्यबस्थापन गर्न डस्टविनले सहज भएको भन्दै मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष खनालले कलेजलाई धन्यवाद ज्ञापन गरे ।

245048381_382021950248292_7934668921578901625_n

मन्दिरलाई डस्टविन प्रदान गरि सरसफाई गरिएको कलेजका एकेडेमिक डाईरेक्टर घिमिरेले जानकारी दिए । मन्दिर सरसफाई जस्तो पवित्र सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको कक्षा–११ मा अध्ययनरत छात्रा मुस्कान मगरले बताईन । डस्टविन हस्तान्तरण र सरसफाई कार्यक्रममा कलेजका एडमिनिस्ट्रेटिभ डाईरेक्टर कैलास लिम्बू, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम, सन्चालक सदस्यहरु प्रभाष राजबंशी, सागर खड्का, नवराज दाहाल, दिपक घिमिरे लगायतको उपस्थिती रहेको थियो । बिहानै देखि सिमसिम पानी परेता पनि बिद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved