सम्पादकीय

    Showing 31-40 of 181 items.
  • कृषि उत्पादकत्व बढाउनु आवश्यक

    रुस–युक्रेन युद्धका कारण सुरु भएको महङ्गी चालू आर्थिक वर्ष २०७९÷८० को छैटौँ महिनामा पनि घटेको छैन । महङ्गीका कारण सर्वसाधारणको ढाड सेकिएको छ । खास गरी पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ भने खानेतेलमा मूल्यवृद्धि आकाशिँदो छ । इन्धनमा भएको मूल्यवृद्धिले हरेक क्षेत्रमा प्रभाव पारेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार गत पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो । हामी सङ्कटोन्मुख दिशामा छौँ भन्ने यसबाट पनि देखिन्छ । पुसमा काठमाडौँ उपत्यकामा

    • प्रकाशित मितिः माघ २४, २०७९
    • 371 पटक पढिएको
    • काेशीपत्र सम्पादक
  • सवारी व्यवस्थापनमा सचेत बनौँ

    धरान बजारको केन्द्रमै रहेको बसपार्क अस्तव्यस्त भएपछि सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय व्यवस्थापनमा सक्रिय भएको छ । ट्राफिक कार्यालयले भानुचोक क्षेत्रमा जथाभावी रोक्ने टेम्पो र सिटी सफारीलाई नियन्त्रण गर्न थालेको छ । सिटी सफारीकै बसपार्क अस्तव्यस्त भएर दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । उसले सरोकारवाला पक्षसँग छलफल गरेर नियन्त्रणको प्रयास थालेको हो । ट्राफिक प्रकरीको यो कार्य सराहनीय छ । वास्तवमा सवारी साधनहरू जथाभावी रोक्दा सडक व्यवस्थापन र सवारी व्यवस्थापनमा समस्या देखिएका हुन् । सडकको तुलनामा सवारी साधनको चाप बढी हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या द

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 304 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पीडित किसानलाई अविलम्ब क्षतिपूर्ति देऊ

    साना किसानहरूका अनेक समस्या छन् । बर्डफ्लूपीडित किसानमात्र होइन, हरेक किसानका आ–आफ्नै कष्ट र समस्या छन् । २०७८ माघयता फैलिएको बर्डफ्लुका कारण थुप्रै किसान मारमा परेका छन् । सरकारी आँकडाअनुसार यस अवधिमा २९९ जना किसानका फार्मको पन्छी नष्ट गरिएको छ । बर्डफ्लू नियन्त्रणका लागि कालिज, ब्रोइलर कुखुरा आदि नष्ट गरिएका थिए । यसरी नोक्सानी व्यहोर्ने किसानहरूलाई राहत प्रदान गर्न सरकारले मापदण्ड नै बनाएको छ । सो मापदण्डअनुसार किसानहरूले अझैसम्म पनि राहत पाइसकेका छैनन् । यसका लागि सरकारले ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहत दिने मापदण्ड, २०७८’ बनाएको छ । यसअनुसार बर्ड

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 255 पटक पढिएको
    • काेशीपत्र सम्पादक
  • सामुदायिक विद्यालय संरक्षणमा पहल गर

    धरान–१६ मा ४९ वर्षअघि स्थापना भएको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) देशले भोगिरहेको विसङ्गतिलाई प्रस्तुत गर्ने उपयुक्त उदाहरण बन्न पुगेको छ । जसरी पर्याप्त प्राकृतिक सम्पदा भईकन पनि हाम्रो देश अभावग्रस्त छ, त्यसैगरी आवश्यक सम्पत्ति भएर पनि संरक्षण हुन नसक्दा यस विद्यालयले अभाव झेलिरहनु परेको छ । संरक्षण गर्न नसक्दा विद्यालयका जग्गामा अतिक्रमण बढ्दो छ । यसकारण यो विद्यालय अहिले दाताकै भरमा सञ्चालन भइरहेको समाचार प्रकाशमा आएको छ । यो विडम्बनाको विषय हो । आप्mनो सम्पत्ति हुँदाहुँदै पनि दाताको मुख ताक्नुपर्ने अवस्था आउनुलाई कुनै पनि अर्थमा सकारात्मक भन्न सकिँदैन । यो त उदाहरण मात्र हो

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 284 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संवादबाट समाधान खोज

    पार्किङको विषयमा विराटनगर महानगरपालिका र खुद्रा व्यापारीबीच द्वन्द्व चर्किएको छ । महानगरपालिकाले मुख्य सडकको पार्किङ हटाएपछि यसको विरोध गर्दै विराटनगरका साना तथा खुद्रा व्यापारीहरू आन्दोलनमा ओर्लिएका छन् । उनीहरू सोमबार पसल नै बन्द गरेर सडकमा ओर्लिए । उनीहरूको भनाइअनुसार उनीहरू पार्किङ निषेधको विरोधमा छैनन् । अल्पकालीन रूपले बनाइएका पार्किङमा पनि शुल्क लिइएकोमा भने उनीहरूको विरोध छ ।  यो विषयलाई महानगरपालिकाले गम्भीरतापूर्वक लिनुपर्छ । व्यापार–व्यवसायले नै अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यति मात्र होइन, व्यापार–व्यवसाय नागरिकहरूको जीविकोपार्जनसँग पनि जोडिएको हुन्छ । निजी क्ष

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 252 पटक पढिएको
    • कोशीपत्र सम्पादक
  • उपमहानगरको सकारात्मक निर्णय

    धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाको स्वीकृतिविना सडकमा निर्माण सामग्री राखे जरिवाना लिने निर्णय गरेको छ । यो स्वागतयोग्य निर्णय हो । निर्माण सामग्री जथाभावी राख्दा सडक अवरुद्ध भएर कतिपय स्थानमा आवागमनमै समस्या सिर्जना भएको देखिन्छ । यसले दुर्घटनाको जोखिम पनि बढेको छ । बजारभित्र तथा कालोपत्रे सडक भएका अन्य स्थानमा जथाभावी निर्माण सामग्री राख्दा दुर्घटनाको जोखिमसँगै सडक भत्किने तथा सर्वसाधारण र सवारी आवागमनमा समस्या हुने गरेका छन् । त्यसैले यो निर्णयलाई सकारात्मक रूपमा लिइनुपर्छ । वैकल्पिक स्थान हुँदाहुँदै पनि कतिपयले सडक नै छेकेर निर्माण सामग्री राख्ने गरेका छन् । आफ्नो म

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 254 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली !

    देश र नागरिकको अधिकारका निम्ति आफ्नो जीवनको आहुति दिनेहरूलाई सहिदका रूपमा सम्मान गर्ने गरिन्छ । हाम्रो देशमा पनि नागरिक स्वतन्त्रता र अधिकारका लागि थुप्रै वीर–वीराङ्गनाहरूले प्राणोत्सर्ग गरेका छन् । उनीहरूको सम्मानमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । यसै परम्परामा आज पनि सहिद दिवस हो । विभिन्न कार्यक्रमका साथ आज देशभरि नै सहिद दिवस मनाउने तयारी गरिँदैछ । लखन थापालाई देशको पहिलो सहिद मानिए पनि जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरूमा भने

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 303 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किसानलाई प्रोत्साहनको खाँचो

    उत्पादित अलैँचीले अपेक्षित मूल्य नपाउँदा अलैँची बढी उत्पादन हुने जिल्लाको रूपमा चिनिएको भोजपुरका किसानहरू चिन्तित बनेको समाचार प्रकाशमा आएको छ । यस वर्ष अलैँचीको उत्पादन गत वर्षभन्दा दोब्बर भए पनि उनीहरू खुसी हुन सकेका छैनन् । खासमा अलैँची उत्पादक किसान मात्र होइन, हाम्रो देशका सम्पूर्ण किसानहरूको चिन्ताको मुख्य विषय नै यही हो । उत्पादनमा वृद्धि भए पनि आप्mनो उत्पादनले अपेक्षित मूल्य नपाउँदा किसानहरू निराश हुने गरेका छन् । समयसँगै कृषिजन्य उत्पादनको मूल्य बढ्दै जानुपर्नेमा यहाँ भने मूल्य झन् घट्दै जाने अवस्था देखिन्छ । अस्थिर र अव्यस्थित बजारकै कारण किसानहरू मारमा पर्ने गरेका छन् । एक वर्ष कु

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 313 पटक पढिएको
    • काेशीपत्र सम्पादक
  • स्वास्थ्य बीमालाई प्रभावकारी बनाऊ

    आधारभूत स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार हो । वर्तमान संविधानले पनि आधारभूत स्वास्थ्य उपचार सेवालाई सुनिश्चित गरिनुपर्ने उल्लेख छ । यसै मान्यताअनुरूप २०७२ सालमा सुरु भएको सामाजिक स्वास्थ्य बीमा कार्यक्रम निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाकै एक महत्वपूर्ण कार्यक्रम हो । त्यसै पनि स्वास्थ्य सेवा आधारभूत आवश्यकता हो । देश विकासका लागि पनि स्वस्थ जनशक्ति नै आवश्यक हुन्छ । त्यसैले स्वास्थ्य बीमा कार्यक्रमको महत्व स्वतः स्पष्ट छ ।    हरेक नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको उद्देश्य र लक्ष्य हुनुपर्छ । स

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 283 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गैँडा संरक्षणमा विशेष ध्यान देऊ

    लोपोन्मुख प्राणीको रूपमा सूचीकृत जनावरको संरक्षण गर्नु राज्यको मात्र होइन, सर्वसाधारण सबैको दायित्व हो । विश्वमै लोप हुने अवस्थामा रहेका जनावरहरूलाई लोपोन्मुख प्राणीको रूपमा सूचीकृत गर्ने गरिन्छ । एकसिङ्गे गैँडा पनि यस्तै जीव हो । पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा एकसिङ्गे गैँडा छन् । यीमध्ये छ सय ९४ वटा चितवन राष्ट्रिय निकुञ्जमै छन् । यिनको संरक्षण गर्नु सबैको दायित्व हो । दसवर्षे सशस्त्र द्वन्द्वकालमा तस्करीका लागि एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए ।  द्वन्द्व समाप्त भएपछि गैँडा संरक्षणमा विशेष प्रयास गर्न थालिएको थियो । त्यही प्रयासस्वरूप पछिल्ला वर्षमा चोरी शिकार नियन्त्

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved