सम्पादकीय पर्यटन प्रवद्र्धनमा ध्यान देऊ

  • मंसिर २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान उपमहानगरपालि–१४ मा पर्ने धार्मिक क्षेत्र विजयपुर डाँडामा विभिन्न देवीदेवताका मन्दिरहरू छन् । यी मन्दिरहरू भर्खरै निर्माण गरिएका होइनन् । यी सबै ऐतिहासिक, पौराणिक महŒवका मन्दिरहरू हुन् ।

यिनैमध्ये बुढासुब्बा पनि प्रसिद्ध मन्दिर हो । यो धार्मिक सहिष्णुता र समन्वयको उदाहरण प्रस्तुत गर्ने मन्दिर पनि हो । यहाँ हिन्दू र किरात दुवै धर्मावलम्बीहरू श्रद्धाका साथ पुग्ने गरेका छन् ।

बुढासुब्बा मन्दिरको ऐतिहासिक तथा पुराताŒिवक महŒव पैmलिँदै गएका कारण कोशी प्रदेशका विभिन्न भागबाट शैक्षिक भ्रमणका लागि यहाँ आउने क्रम बढ्न थालेको समाचार प्रकाशित भएको छ ।

यो मन्दिर अहिले आकर्षणको केन्द्र बन्न थालेको छ । बुढासुब्बाको मन्दिर नेपालमै अन्त कतै पनि छैन । अहिले यहाँ शैक्षिक भ्रमणमा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मन्दिरमा शैक्षिक भ्रमणका लागि स्याङ्जा, धादिङ, पाल्पा, पोखरालगायतका स्थानबाट विद्यार्थीहरू आउने गरेका छन् ।

कुनै पनि क्षेत्रमा पर्यटकहरूको चहलपहल बढ्नु स्थानीय क्षेत्रको सविकासका लागि सकारात्मक विषय हो । पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएपछि स्थानीयले रोजगारी पाउने भएका कारण स्थानीय नागरिकको आर्थिक विकासमा पर्यटनले भरथेग गर्ने निश्चित छ ।

कतिपय स्थान पर्यटनकै आधारमा विकसित भएका प्रशस्त उदाहरण छन् । त्यसैले पर्यटकहरूको आवागमनमा वृद्धि हुनु सकारात्मक विषय हो तर यति मात्र पर्याप्त हुँदैन । पर्यटकहरूको आवागमनमा वृद्धि भएसँगै स्थानीय नागरिक तथा सरकारले पनि केही विषयमा ध्यान पु¥याउनु आवश्यक हुन्छ ।

पर्यटकहरूको सुविधाका लागि पूर्वाधार तथा मनोरञ्जनका लागि संरचनाहरूको निर्माणमा स्थानीय सरकारको ध्यान पुग्नु अपेक्षित हुन्छ ।

पर्यटकहरूको बसाइ लम्ब्याउने गरी संरचना निर्माणमा ध्यान पुग्नु आवश्यक छ । यससँगै पर्यटकहरूलाई गरिनुपर्ने शिष्टाचार र पर्यावरणीय सन्तुलनका लागि अपनाउनुपर्ने सतर्कताका लागि जनचेतना पैmल्याउने काम पनि प्राथमिकतामा राखिनुपर्छ ।

यसतर्पm बेलैमा ध्यान पु¥याउन सकिएन भने यसको सौन्दर्य नष्ट हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । यसर्थ, यस क्षेत्रको सौन्दर्य रक्षाका लागि पनि स्थानीय तथा पर्यटकहरूमा जनचेतना पैmल्याउनुपर्छ ।

पुराताŒिवक सम्पदाको संरक्षण पनि स्थानीय सरकारको दायित्व हो । यसका लागि स्थानीय सरकारले विज्ञहरूसँग परामर्श र सल्लाह गरी गुरुयोजना बनाएर काम थाल्नुपर्छ । स्थानीयसँगै प्रदेश र सङ्घीय सरकारसँग पनि समन्वय गर्नु अपेक्षित हुन्छ ।

सँगसँगै प्रचार–प्रसारमा पनि ध्यान दिनु आवश्यक हुन्छ । यति गर्न सके पर्यटन पर्यवद्र्धनमा सकारात्मक परिणाम आउने अपेक्षा गर्न सकिन्छ । अहिले नेपालीहरूमा पनि आन्तरिक पर्यटकका रूपमा देशका विभिन्न भागको भ्रमण गर्ने प्रवृत्ति बढेको छ । यसबाट लाभ लिन सक्नुपर्छ ।

पानबारी गोल्डकपः पहि ...

धरान/ धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपमा न ...

बीपीका मजदुरहरु आन्द ...

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ...

पानबारी गोल्डकप : आ ...

 धरान /धनकुटाको सिसिडिआइसी फुटबल क्लब धरानमा ...

धरानमा खानेपानीको चर ...

धरान/ विगत लामो समयदेखि धरानमा खानेपानीको चरम अभाव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved