सामाजिक संजाल मार्फत बदनाम गराउन खोजेको भन्दै एमालेको आपत्ति

  • मंसिर २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङले हर्दिया, कन्या पोखरी सडक निर्माणको विषयलाई लिएर नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा धरान उपमहानगर पालिकाकी निवर्तमान उप प्रमुख मञ्जु भण्डारी माथि सामाजिक सञ्जालको दुरुपयोग गर्दै लगाएका आरोपहरू प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालमा आएर गलत कुरा बोल्दै समाजलाई समेत दिग्भ्रमित पार्ने फोहोरी मानसिकता बोकेर प्रत्यक्ष सरोकार नभएको विषयमा भ्रष्टाचार गरेको भनी पार्टी र पार्टीका नेतालाई जोडेर गरिएका टिप्पणी माथि आपत्ति जनाउँदै

सोमबार नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंङ एभेङद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गरेको छ ।

नेकपा एमालेकै पहल र प्रयासमा कोसी प्रदेश सरकारको ग्रामीण सडक योजना अन्तर्गत धरान हर्दिया सडक आर्थिक वर्ष २०७६/७७ बाट कोसी प्रदेश सरकारले सुरु गरेको स्पष्ट पार्दै सडक निर्माणको बजेट, इस्ट मेट सहित ठेक्का प्रक्रिया सबै प्रदेश सरकारले नै गरेको जनाएको छ ।

यसमा स्थानीय सरकारले समन्वयकारी भूमिका मात्र निर्वाह गर्न सक्ने बताउँदै प्रक्रियाका आधारमा यस्ता बहुबर्षिय योजनाहरूमा कामको आधारमा भुक्तानी हुने नीतिगत व्यवस्था रहेको बताएको छ ।

सामाजिक सञ्जालमा ४४ करोड भ्रष्टाचार गरेको भनी लगाइएको आरोप प्रमाणित गर्न रास्वपाकी सरिन तामाङ लाई विज्ञप्ती मार्फत चुनौती दिएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘सडकलाई पारदर्शी ढङ्गमा छिटो निर्माण सम्पन्न गर्न अहिले पनि नेकपा एमालेका नेता, संसदहरु लागि परेको सबैलाई विदितै छ, एमालेबाट निर्वाचित संसद् रमेशकुमार बस्नेतले संसदमा बारम्बार यस विषयमा ध्यानाकर्षण गराएको कुरालाई ध्यान दिन समेत सबैलाई अनुरोध गर्दछौ ।’

सार्वजनिक रूपमा सामाजिक सञ्जालको दुरुपयोग गरी झुटा आरोप तथा चरित्र हत्या गर्नेलाई तत्काल कारबाही गर्न पनि प्रशासन समक्ष माग गरेको छ ।

विना कुनै आधारमा नेकपा एमालेमाथि बदनाम गर्ने तथा दुरासायपुर्ण अभिव्यक्ति दिनेहरू माथि आवश्यक कदम उठाउन नेकपा एमाले बाध्य हुने चेतावनी समेत दिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved